१३ माघ २०७६, सोमबार

सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका ५ पिपलचोक स्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उपमहानगरपालिका ४ हलगडा बस्ने बर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५ बस्ने वर्ष ३८ को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह(चालकले चलाएको खुल्न आएपछी सहचालक रामधुनी ३ बस्ने वर्ष ४९ को प्रेम बहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस