१३ माघ २०७६, सोमबार

नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

झापा । झापाको बाह्रदर्शी गाउँपालिका ३ को राजगढ बजारमा प्रहरी भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिका ४ चकचकी बस्ने स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका हुन् । सोमबार गौरीगंञ्ज गाउँपालिका १ बस्ने वर्ष २८ को पर्शुराम महत्तो र वडा नम्बर ३ बस्ने वर्ष २० को जिवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।
आफुहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआईबी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए । घटनाबारेमा स्थानीयलाई शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए ।
दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस