१३ माघ २०७६, सोमबार

मोरङमा नेकपाको समायोजन तल्लो तहसम्म टुङ्गीयो

विराटनगर । नेकपा मोरङले जिल्ला भित्रको समायोजनका सबै काम पुरा गरेको जनाएको छ । एक महिना देखि जिल्लाका माथिल्लो तहका नेताहरु बिच भएको बैठक पछि समायोजन पुरा भएको दाबी गर्दै तेश्रो सर्कुलेशन जारी गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा र केन्द्रीय कमिटी सदस्य धनेन्द्र बस्नेत, गोपीबहादुर अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा पार्टी कार्यालय पाञ्चालीमा बसेको बैठकले विभिन्न विषयमा छलफल गरि समायोजन सँगै बिभिन्न जिम्मेवारी दिने निर्णय गरेको हो ।
मोरङ जिल्ला कमिटीबाट महानगर कमिटी विराटनगरमा गएकाहरुको सन्दर्भमा पदपूर्ति र पार्टीको अन्तरिम विधान अनुरुप १० प्रतिशत थप समेतगरि मोरङ जिल्ला कमिटीलाई पूर्णता दिएको छ । त्यस्तै जिल्ला कमिटी मोरङको सचिवालय सदस्यहरुको जिम्मेवारी समेत तोकेको छ । जिम्मेवारी वांडफांड सम्वन्धमा मोरङ जिल्ला कमिटीका सदस्य र जिल्ला कमिटी अन्तर्गतका विभाग जनसंगठनका फाँटहरुमा पनि जिम्मेवारी बाँडफाँड गर्ने निर्णय भएको नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

मोरङ जिल्लाका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी समेत बनाएको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारीको समेत बैठकले जिम्मेवारी तोकेको छ । त्यस्तै प्रदेश सभा अन्तरगतको १२ वटा निर्वाचन क्षत्रको समन्वय कमिटी पनि गठन गरेको छ । बैठकले महानगर कमिटी विराटनगरको पत्र अनुसार हाललाई अर्को व्यवस्था नगरुन्जेल महानगरको कार्यालय संचालन गर्न पहिले युवासंघले प्रयोग गरेको कोठा दिने निर्णय गरेको नेकपा मोरङ सचिव गणेश उप्रतीले जानकारी दिए ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस