१३ माघ २०७६, सोमबार

उपसभामुखलाई सभामुखको जिम्मेवारी दिन मोरङका १० उपप्रमुखको नेतृत्वलाई दवाव

विराटनगर । उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी दिन मोरङ जिल्लाका १० पालिकाका उपप्रमुखहरुले नेकपा पार्टी नेतृत्वलाई दवाव दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल मार्फत उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न आग्रह पत्र बुझाएका हुन् । जिल्ला कमिटीको कार्यालय विराटनगर पुगेर ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखहरूले सोमबार आग्रह पत्र बुझाएको बेलवारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीले जानकारी दिईन् ।
उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्ती र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको बुझाईएको आग्रहपत्रमा उल्लेख गरिएको छ । उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय हुन नसकेको हो भन्ने प्रश्न आग्रह पत्रमा गरिएको छ।
श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख÷उपाध्यक्षहरू विश्वस्त रहेको बुझाईएको पत्रमा भनिएको छ ।्
योग्यता–क्षमता र आवश्यकताको अन्तरसम्बन्धमा पार्टीले विश्वास गर्ने गरेकोले यहीँ मनोविज्ञानका साथ तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान हुने विषयमा विश्वास रहेको र जिम्मेवारी प्रदान गर्न उपप्रमुखहरूले आग्रह गरेका छन् ।
यसरी आग्रह पत्र बुझाउने उप प्रमुखहरुमा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारीका लक्ष्मीदेवी भण्डारी, बेलबारीका ढाकाकुमारी पराजुली, लेटाङका कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचाका धनाकुमारी तामाङ, रतुवामाइका दमयन्ता चुडाल, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु भुजेल, ,मिक्लाजुङका सरला राई, कानेपोखरीका राजमती इङ्नाम र रंगेलीका केशव कुमारी खरेल रहेका छन् ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस