२८ चैत्र २०७६, शुक्रबार

कविता- शिशिरको पहिलो बिहान

कवि : तारा पराजुली

कुनै अलिखित ईतिहासको
सुरुवातको बिहान पनि हुनसक्छ।
शिशिरको यो पहिलो बिहान।
थुप्रैपटक अनेकौं अनुभब र अनुभुतिहरु दिएर
बितेका छन् हाम्रा हिजोका साँझहरु
अनि केही शर्तसहित
केही बिनाशर्त आज पनि
उदाएको छ घाम
कर्मयोगीहरु आज पनि
केही नयाँ आशासंगै
निरन्तर साधनामा लागिरहने छन् ।

निश्चय नै यो बिहान
थुप्रै खुशीहरु बोकेर आएको छ
भुईं कुहिरोले आफ्नै देशको यात्रा सुरु गर्ने छ अब
तुवाँलोले पुरानो बर्को फुकालेर कतै मिल्काउनेछ
शिशिरको खुल्ला आँगनमा
कलिलो घामले नयाँ गीत गाउनेछ
र निस्फिक्री नाच्नेछन्
युग बोक्ने आशलाग्दा पुस्ताहरु।

निश्चित छ,
समय आएपछि बाहिरको कुहिरो हट्ने छ
उमेर पुगेपछि बस्तीबाट हराउने छ तुवालो
हेर्दाहेर्दै बिलाउने छ हुस्सुको जीवित शरीर
अनि आउने छ बाहिर उज्यालो
तर कहिले हट्ला
मान्छेको मनभित्रको तुवाँलो र हुस्सु.....???

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744