९ माघ २०७६, बिहीबार

विराटनगर ११ मा शुरु भयो विराट बुद्ध स्पोर्टिङ क्लब

विराटनगर । विराटनगर ११ मा पहिलो पटक स्पोर्र्टिङ क्लव संचालनमा आएको छ । बिराटनगरका केही युवा खेलाडीहरुको सहभागीतामा विराट बुद्ध स्पोर्टिङ क्लब संचालनमा आएको हो । विराटनगरका युवा खेलाडी रोहित कोईरालाको अगुवाईमा बिराटनगर महानगरपालिका वडा नम्बर ११ शिक्षा विकास तथा समन्वय ईकाईको अगाडी रहेको सुगमको भवनमा कार्यालय स्थापनासँगै स्पोर्टिङ क्लब संचालनमा आएको हो ।
विराट बुद्ध स्पोर्टिङ क्लब कार्यालयको उद्घाटन नेकपा मोरङका युवा तथा खेलकुद विभागका प्रमुख परसुराम बस्नेत र बिराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले गरे ।
कार्याललय भवनको उद्घाटन गर्दै बस्नेतले युवाहरु खेलकुदमा एक हुनु पर्ने धारणा राखे । उनले यस्ता क्वबहरुले सबैलाई समेटेर जानु पर्ने धारणा राख्दै खेलकुदको गतिबिधिलाई बढाउनु पर्नेमा जोड दिए ।
वडा अध्यक्ष न्यौपानेले अहिलेसम्म वडा नम्बर ११ मा कुनैपनि खेलकुुद गतिबिधि गर्ने क्लब नभएको अबस्थामा यो क्लबको संचालनले वडामा खेलकुदका गतिबिधि बढ्ने विश्वास ब्यक्त गरे । उनले आर्थिक रुपमा समस्या आउन नदिनको लागि वडा तहबाट आफुले सहयोग गर्ने वचन दिए ।
क्लबका अध्यक्ष रोहित कोईरालाले कार्यालय संचालन नभईरहेको अबस्थामा पनि खेलकुद गतिबिधिमा यस क्लबले महत्वपुर्ण उपलब्धी हाँसिल गरेकोले अब कार्यालयको स्थापनासँगै खेलकुदका गतिबिधि बढ्ने विश्वास दिलाए ।

 

 

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस