९ माघ २०७६, बिहीबार

बाँतर समुदायले माघे संक्रान्तिलाई इष्टदेव गेंडसिह महाराजको पुजा गरि मनाए

विराटनगर । मोरङको धनपालथान गाँउपालिका ५ दादरबैरियाका बाँतर समुदायले माघे संक्रान्तिलाई आफ्नै धार्मिक परम्परा अनुसार मनाएका छन् । यस क्षेत्रमा बसोबास गर्ने बाँतर समुदायले पर्वको अवसरमा आफ्ना इष्टदेव गेंडसिह महाराजलाई बली प्रदान गर्नुका साथै तिल, भुजा र च्युराको लड्डु चढाएर मनाएका हुन ।
नेपाल बाँतर सरदार कल्याणकारी समिति मोरङको आयोजनामा तिलसँकराईत मनाएका हुन् । बातर समुदायले आफ्ना इष्टदेवलाई छुट्टा–छुट्टै पुजा गरेर सुँगुरको बलि समेत दिने गरेको स्थानीय बातर अगुवाहरु बताउँछन् ।
बलि प्रदान गरिएको सुँगुरको मासु सबैले बराबरी भाग लगाएर बाँड्ने तथा टाउको समुहका मुख्य नाईके सरदारलाई प्रदान गर्ने चलन छ । इष्ट देवलाई पुजा गर्नुअघिसम्म समुदायका मानिसहरु ब्रत बस्छन र बलिप्रदान भएपछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा छ । बाँतर समुदायले तिल सँकराईतका अतिरिक्त दशैं,दिपावली,एकादसी र जितियासहित जुरसितल र सिरुवा पर्व समेत धुमधामले मनाउछन ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस