११ फाल्गुन २०७६, आईतवार

रंगेलीमा क्षेत्रीय प्याब्सन स्पोर्ट मिटको सुरु

रबिन्द्र बराल
रंगेली । रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणको खेल शुक्रबारदेखि सुरु भएको छ । स्वास्थ्यकालागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित तेस्रो साउथर्न रिजनल खेल सुरु भएको हो । प्रतियोगितामा रतुवामाइ, सुनवर्षि, रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका भित्र रहेका १४ वटा निजि विद्यालयहरु सहभागी छन् ।
प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक प्याब्सनले जनाएको छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस