१० फाल्गुन २०७६, शनिबार

विराटनगरको एम्स कलेजले मिस्टर एण्ड मिस फ्रेसरलाई ६० हजार दिने

विराटनगर । विराटनगर –९ मा अवस्थित एम्स कलेजले सदाका वर्ष झैं “अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर” प्रतियोगिता गर्ने भएको छ । कलेजले बि.बि.एस र बि.एच.एम संकायका विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्न लागेको हो । प्रतियोगिता यस वर्ष पाँचौ सिजनमा रुपमा आयोजना हुँदैछ । विद्यार्थीमा भएको अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने र उनिहरुको नेतृत्वको विकास गराउन यस्तो कार्यक्रम गर्न लागिएको कलेजले जनाएको छ ।
कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने यो कार्यक्रममा आयोजक विद्यार्थीहरुले समेत धेरै कुरा सिक्ने अबसरको रुपमा लिईएको क्याम्पस प्रमुख सि.एम. बस्नेतले बताए ।
तेस्रो बर्षमा अध्ययनरत २०१८ कि मिस फ्रेसर बिजया नेपालले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको बताईन् ।
कार्यक्रमका विविध सेग्मेन्ट अन्तर्गत अडिसन, परिचय र इम्प्रोम्टु राउण्ड सकिएका छन् । विविध कार्यक्रममा निर्णायकका भूमिका अभिषेक गौतम, विजया नेपाल, रवि गुप्ता, रेश्मा राजवंशी, प्रयास के.सि. र रञ्जना बस्नेतले गरे । प्रतियोगितामा १४ छात्रा र २२ छात्र छन् । अब बाँकी रहेका लोजिकल राउण्ड, ट्यालेण्ट सो र वल्र्ड क्लास डिबेटमा छानिएका १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् । विजेता फ्रेसरलाई ६० हजार पुरस्कार दिइने प्रमुख बस्नेतले बताए ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस