११ फाल्गुन २०७६, आईतवार

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ जहाँ एउटै निर्वाचन क्षेत्रका दुई मन्त्री भए

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ ले दुईजना मन्त्री पाएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १० देखि उत्तर बिराटनगरको पुर्बी भागहुँदै कटहरी गाउँपलिकाको केही वडा, ग्रामथानहुँदै बाहुनीसम्म मोरङको निर्वाचन क्षेत्र नम्बर ४ हो ।
यस निर्वाचन क्षेत्र अन्तरगत पर्ने निर्वाचन क्षेत्र क र ख का दुबै प्रदेश सांसद मन्त्री भएका हुन् । एक बर्ष अगाडी यही निर्वाचन (ख)बाट जीवन घिमिरे सामाजिक विकास मन्त्री बनेका थिए । आईतवार मुख्यमन्त्री शेरधन राईले नियुक्त गरेका चारजना राज्यमन्त्रीहरु मध्ये यही निर्वाचन क्षेत्र (क)बाट विजय विस्वास मन्त्री भएका हुन् ।
नेकपा एमाले हुँदा नेपाल गुटका जीवन घिमिरे सामाजिक विकास मन्त्री हुन् भने प्रचण्डका ज्वाई जीवन आचार्यका दाहिने हात मानिएका विजय विस्वास उद्याग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । एउटै निर्वाचन क्षेत्रबाट दुईजन मन्त्री नियुक्त गरिएपछि शेरधन राईको आलोचना भएको छ । मुख्यमन्त्री शेरधन राईले आईतवार बिस्तार गरेका चार जना मन्त्रीमा तीनजना जनजाती र एक जना दलित क्षेत्रबाट नियुक्त गरिएको तर अन्य समुदायलाई वेवास्ता गरिएको समेत मुख्यमन्त्रीलाई आरोप लागेको छ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस