१२ फाल्गुन २०७६, सोमबार

ठूलो धनराशी पुरस्कार भएको वाइवाइ स्कुल च्याम्प हुदै , विराटनगरमा पनि अडिसन हुने

इटहरी माघ ६ ,  पहिलो पटक ठूलो धनराशी भएको स्कुल स्तरीय डान्ससिङ रियालिटि सो वाइवाइ स्कुल च्याम्प हुने भएको छ । इटहरीमा रहेको एरिना टेलिभिजनले आयोजना गर्न लागेको स्कुल स्तरीय डान्ससिङ रियालिटि सो स्कुल च्याम्पको दोश्रो संस्करण हुन लागेको हो ।

यस भन्दा अगाडिको पहिलो संस्करण २०६९ सालमा सम्पन्न भैसकेको छ । पहिलो संस्करणकमा पूर्वाञ्चलका ८०० विद्यालयका २००० विद्यार्थीहरुको सहभागीता रहेको थियो । यस सिजनमा भने प्रदेश नं. १ र प्रदेश नं. २ का विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइने आयोजकले जानकारी दिइएको छ ।

प्रदेश नं. १ र प्रदेश नं. २ बाट २००० विद्यालयका विद्यार्थीहरुको सहभागी हुने बताइएको छ । यस डान्ससिङ रियालिटि सो मा विजेता हुने सहभागीले स्कुल च्याम्प टाईटल सहित नगद ५,००,०००( अक्षरुपी पाँच लाख मात्र ) वैंकक टुर, म्युजिक भिडियोमा अभिनय गर्न पाउनुका साथै आर्कषक गिफ्ट हृयाम्पर प्राप्त गर्ने स्कुल च्याम्प कमिटिले जानकारी दिएको छ ।

वाइवाइ स्कुल च्याम्प दोश्रो संस्करणको अडिसन माघको तेस्रो साताबाट प्रदेश नं. २ को वर्दिवास, गाईघाट, लाहान,जनकपुर, राजविराज लगायत स्थानहरुमा हुने बताइएको छ । उक्त प्रतियोगिताको अडिसन बिराटनगरमा पनि हुने छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस