१२ फाल्गुन २०७६, सोमबार

सिद्धबाबा धरौटीमा छाड्ने आदेश बदर, सिद्धबाबा भने भारत तर्फ फरार

विराटनगर । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । र, थुनामा राखेर पूर्पक्ष गर्न भनेको छ ।
मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्लाले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् । आफ्ना सुरक्षा गार्डलाई नेपाल तर्फ नै पठाएर सिद्धबाबा भने विराटनगर रानी बोर्डर हुदै भारत तर्फ प्रस्थान गरेका छन् ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस