१७ चैत्र २०७६, सोमबार

उद्योगहरुमा उपयुक्त साधन र दक्ष जनशक्तिमा जोड दिनुपर्ने

विराटनगर । कार्यक्षेत्रमा सुरक्षा, इन्धन–ऊर्जाको मितव्ययिता, वातावरणमा कम असर पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम कम हुने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ र वातावरण तथा आर्थिक विकास समाज (सिड) नेपालले आयोजना गरेको कार्यक्रमका सहभागीले बताए । उद्योगलाई सुरक्षित र वातावरणमैत्री बनाउनका लागि सिडले सञ्चालन गरेको साधन दक्षता, स्वच्छतर उत्पादन कार्यक्रममा सहभागी भएका उद्योगहरुले वातावरणमा हुने असर कम गर्दै कामदारको सुरक्षाको पक्ष पनि सुधार हुन सकेको बताएका थिए ।

आयोजकमध्येको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले भवन तथा निर्माणमा प्रयोग गरिने धातुका सामान उत्पादन गर्ने उद्योगहरुमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादनमा जोड दिन कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।
कार्यक्रम मोरङ र सुनसरीका चारवटा उद्योगहरुमा लागू भएको उहाँले उल्लेख गर्नुभयो । हुलास वायर, मैनावती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा लागू भएको कार्यक्रम प्रभावकारी पाइएको राउतको भनाइ थियो । सम्बन्धित उद्योगहरुले परियोजनाअन्तर्गतको कार्यक्रम लागू गर्दा उपलब्धिमूलक भएको अनुभव गरेको उहा“ले उल्लेख गर्नुभयो ।

उद्योगहरुमा उत्पादनका क्रममा निस्कने सबै किसिमका खेर जाने वस्तुहरुको व्यवस्थापन, प्रदुषण नियन्त्रण र कार्यस्थलमा हुन सक्ने दुर्घटना कम गर्दै उत्पादकत्व वृद्धि गर्ने उपायहरु अपनाउनुपर्ने पक्षमा परियोजनाले सघाएको राउतले बताउनुभयो । सिड नेपालका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले सबै पक्षको सहयोगका कारण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । यसैगरी परियोजनाका तर्फबाट स्टेफन मेलनिज्कीले विभिन्न उदाहरण दिंदै औद्योगिक क्षेत्रमा जोखिम कम गरी वातावरणमा नकारात्मक असर पर्न नदिन विभिन्न उपाय अपनाउन सकिने बताउनुभयो ।

धातुजन्य उद्योगहरुमा कामदारको सुरक्षा एवं जोखिम कम गर्ने उपायबारे छलफल गरिएको थियो । यस्ता उद्योगहरुले औद्यँेगिक सुरक्षामा जोड दिंदै वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनुपर्ने सहभागीले बताएका थिए ।

प्रदेश सरकारका वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले औद्योगिक उत्पादन गर्दा वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनपर्नेमा जोड दिनुभयो । उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै विश्वासले त्यस्तो फोहोर उपयोग गरेर आर्जन गर्न सकिने समेत बताउनुभयो । यस्तो काममा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्ति गर्नुभयो ।

हुलास वायरका तर्फबाट बोल्दै सञ्जीव झाले परियोजनाको कार्यक्रममा आवद्ध भएपछि उद्योगलाई फाइदा भएको बताउनुभयो । चार वर्षयता कार्यक्रम अनुसारका विभिन्न उपाय अपनाएर उद्योगमा सुरक्षाको वातावरण बनाइएको साथै लागत कम हुने खालका प्रविधि उपयोग गरिएको उहाँको भनाई थियो ।

यसैगरी पशुपति आइरनका दिनेश खड्गीले इन्धन बचत र ऊर्जा कम खपत गरी मितव्ययी रुपमा काम गर्ने उपाय अपनाउ“दा उत्पादन लागत कम हुने गरेको अनुभव सुनाउनुभयो । कार्यक्रम उपयोगी रहेको भन्दै उहा“ले यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै मैनावती स्टिल इन्डष्ट्रिजका टिसी गुप्ताले उद्योगमा जोखिम धेरै कम गर्न सकिन्छ भन्ने परियोजनाको उद्देश्य अनुसार व्यवहारमा लागू गर्दा फाइदाजनक भएको बताउनुभयो । परियोजनाका अधिकृत दुर्गाबहादुर कारञ्जितले सरोकारवालाहरुसित सहकार्य गर्न आफूहरु उत्साही भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यंवाहक अध्यक्ष श्री राजेन्द्र राउतको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास हुनुहुन्थ्यो । कार्यक्रममा महासंघ प्रदेश समितिका सदस्यहरु, विभिन्न उद्योगका संचालक एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-3-28

Country Confirmed Death
Nepal50
India98724
China819993299
Malaysia232027
Qatar5901
Australia364014
US1214782026
Saudi Arabia12034