१० फाल्गुन २०७६, शनिबार

भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेल ६ विकेटले जित्यो

एजेन्सी
काठमाडौं, माघ १० गते । भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेल छ विकेटले जितेको छ । जितसँगै पाहुना टोली भारतले पाँच म्याचको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २०४ रनको लक्ष्य भारतले खेल सकिन एक ओभर बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्यो । १६ रनमै रोहित शर्माको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको भारतलाई जित दिलाउन श्रेयस ऐयर, लोकेश राहुल र कप्तान विराट कोहलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राहुलले २७ बलमा चार चौका र तीन छक्काको सहयोगले ५६ रनको योगदान दिनुभयो । अविजित रहनुभएका ऐयरले मात्र २९ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाउनुभयो । कोहलीले ४५ रन बनाउनुभयो । मनिष पाण्डे १४ रन बनाएर अविजित रहनुभयो ।
न्युजिल्याण्डका लागि इश सोढीले दुई तथा ब्लैर टिकनेर र मिसेले सान्टनरले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको घरेलु टोली न्युजिल्याण्डले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो । न्युजिल्याण्डको पारीमा कोलिन मुन्रोले ५९ तथा कप्तान केन विलियम्सनले ५१ र रोस टेलरले अविजित ५४ रनको योगदान दिनुभयो ।
भारतका लागि रबिन्दर जडेजा, जसप्रित बुमराह, श्रद्धुल ठाकुर, युज्वेन्द्र चाहल र शिवम दुबेले सामान एक एक विकेट लिनुभयो । श्रेयास ऐयर खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस