१० फाल्गुन २०७६, शनिबार

विराटनगर महानगरपालिकाको टोली नयाँ योजना सहित काठमाडौँमा

विराटनगर । महानगरपालिकाले काठमाडौँ महानगरपालिकाले गरेको सकारात्मक कामको अनुभव बारेमा छलफल थालेको छ ।
बिराटनगर महानगरपालिकाको घर नक्सा अभिलेखलाई डिजिटलाइज्ड गरी घर नक्सा सम्वन्धि कार्यहरू ईलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टम ( ईबिपीएस ) बारे काठमाडौँ महानगरपालिकासँग अनुुभव लिएर विराटनगरमा लागु गर्न लागिएको हो । ईबिपीएस मार्फत अनलाइन गर्ने कार्यको लागि काठमाडौं महानगरपालिकाको घर नक्सा महाशाखा प्रमुख र टिमसँग विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, घरनक्शा शाखा प्रमुख ईन्जिनियर अर्जुन थापा सहितको टोलीले अनुभव र परामर्श लिएको थियो ।
त्यस्तै नगर विकास कोषका निर्देशक लगायतका पदाधिकारीसँग बीरेन्द्र सभा गृह पुनस्र्निर्माणकालागि ऋण स्वीकृति सम्वन्धी छलफलमा विराटनग महानगरपालिकाका मेयर भिम पराजुली सहितको टोलीले छलफल गरेको छ ।
छलफलमा ऋण स्वीकृतको कार्य अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेब अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ । सांघीय संघीय सांसद लालबाबु पण्डितले यही सभागृह निर्माणको लागि पठाएको झण्डै ४ करोड रकम फ्रिज भएको थियो ।  करिब २३ करोड लाग्ने अनुमान सहितको योजना लिएर नगर विकास कोषमा टोली पुगेको हो ।  तर सुबिधा सम्पनन सभागृहको आवस्यकता भने विराटनगरवासीको अपेक्षा रहेको छ ।
रानी विराटनगर इटहरी सडकमा विराटनगर क्षेत्रका विभिन्न ४ स्थानमा आकाशे पुल निर्माणको स्वीकृत लिन सडक विभागसँग छलफल समेत भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नु भएको हो ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस