११ फाल्गुन २०७६, आईतवार

बिप्लवका मोरङ ईन्चार्जद्धारा पार्टी परित्याग, प्रशासन समक्ष आत्मासमर्पण

विराटनगर । नेकपा बिप्लवका मोरङ ईन्चार्ज क्षितिज पौडेलले आत्मासमर्पण गरेका छन । नेकपा बिप्लव समुहमा लागेर बिभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पछि उच्च अदालतको परेको रिटमा उच्च अदालतले उनलाई छाड्न आदेश दिए लगत्तै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मासमर्पण गर्दै नेकपा बिप्लव माओवादी परित्याग गरेको बताएका हुन् ।
उनी पार्टी परित्याग गरेसँगै सामान्य जीवनमा फर्किने समेत उनले जिल्ला प्रशासन कार्यालय मोरङमा दिएको निवेदनमा उल्लेख गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल समक्ष उनले कुनै अबैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा राजनीति दलका नेता, पत्रकार, मानव अधिकारकर्मीको रोहवरमा छाडिएको भण्डारीले जानकारी दिए ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस