११ फाल्गुन २०७६, आईतवार

न्यूरो हस्पिटलको सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र बोदे बर्साइन नगरपालिका, सप्तरीको संयूक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ३ सय १६ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको बोदे बर्साइन नगरपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरको कारण गरिव तथा स्वास्थ्य सेवा लिनबाट बञ्चित नागरिकले निःशुल्क स्वास्थ्य शिविरबाट सेवा पाएका हुन् ।
न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सप्तरी जिल्लाकै उत्कृष्ट शिविर रहेको स्थानिय दिनेश राय यादबले बताए ।
स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु, वरिष्ठ स्त्री रोग विशेषज्ञ शुभद्रा अग्रवाल , वरिष्ठ विशेषज्ञ फिजिसियन अग्रज उप्रेती , विशेषज्ञ अर्थोपेडिक सर्जन अमित देव , दन्तरोग सर्जन डा. अमित प्रताप साह लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
यस्तै मेडिकल अफिसरहरु डा. साहिल अंसारी , डा . ज्योत्सना पराजुली , डा. अमित चौधरी, डा. मयङक राज कर्ण , डा. मोहमद सिद्धिक , फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी र शेखर प्याकुरेल , ल्याब टेक्नोलोजिस्ट नरेश साह लगायतका ३८ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी समेत बितरण गरेको थियो ।
शिविरमा महिलाको आङ खस्ने समस्या, महिनावारी , डाइबेटिज , दन्त रोग , चर्मरोग , हाड जोर्नि सम्बन्धी विरामीहरुले स्वस्थ्य लाभ लिए ।
शिविरमा ५० जनाको इसिजि , तथा १ सय ७६ जनाको सुगरको टेस्ट गरिएको साथै न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस