११ फाल्गुन २०७६, आईतवार

प्रदेश १ सरकारको निर्णय : मुख्यमन्त्रीका बिषयगत बिज्ञ नियुक्त, प्राधिकरणको निर्देशकमा कोईराला

विराटनगर । प्रदेश १ सभाको पाँचौ तथा हिउँदे अधिबेशन यही माघ २३ गते ३ बजे आब्हान गर्न मन्त्री परिषदले निर्णय गरेको छ । आज मुख्यमन्त्री मन्त्रीपरिषदको कार्यालयमा बैठकमा हिउँदे अधिबेशन आब्हान गर्ने तथा मुख्यमन्त्रीका सल्लाहकारहरु निउयुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषदको बैठकले मुख्यमन्त्री शेरधन राइको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्ब डा. महेन्द्रबहादुर गुरुङ र सुचना प्रबिधि सल्लाहकारमा किशोर सुवेदीलाई बिज्ञको रुपमा नियुक्त गर्ने निर्णय भएको छ । त्यस्तै सार्बजनिक नीजि, सहकारी साझेदारी लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा डा. सरोज कोईरालालाई नियूक्त गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदले ५ वटा बिधेयक प्रदेश सभामा पठाउन स्वीकृत प्रदान गरेको छ। प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धमा ब्यवस्थ ागर्न बनेको बिधेयक, प्रदेश बन बिधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक र प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक समेत प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश सरकारले सुर्तिजन्य पद्धार्थ नियमन र नियन्त्रण युक्त प्रदेश बनाउने बारेमा पनि निर्णय भएको छ । यो निर्णय भोलीदेखि नै लागु गर्ने तयारी प्रदेश सरकारको छ । भोलीदेखि नै प्रदेश मन्त्रालय आसपासका एक सय मिटरको दुरीमा सुर्ती तथा सुर्तिजन्य पद्धार्तको बेचबिखन र प्रयोग गर्न नपाउने गरी अभियान शुरु हुने मन्त्री आङ्बोले बताउनुभयो ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस