१६ चैत्र २०७६, आईतवार

ईटहरी उपमहानगरपालिकाका १२ जना करार कर्मचारी निष्काशित

इटहरी । ईटहरी उपमहानगरपालिकाले एकैदिन १२ जना कर्मचारीलाई निश्काशन गरेको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमबार एकै दिन उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिरबाट निष्काशन गरेका हुन् । निकालिएका कर्मचारी सबै करारमा नियुक्ति भएका हुन् ।करार सम्झौता सकिएको समयमा नबिकरण नगरेपछि उनीहरु निष्काशनमा परेका हुन् ।

निकालिएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठ लगायत नौँ जना स्वास्थ्य क्षेत्रका रहेका छन् । संघीय सरकारले स्थायी कर्मचारी पठाइ सकेको र स्थानीय तहमा करारमा कर्मचारी राख्दा उपमहानगरलाइ आर्थिक भार पर्ने भएकाले उनीहरुको म्यादथप नगरिएको मेयर चौधरीले जानकारी दिनुभयो ।

धेरै पालिकाहरुले आफ्ना नातागोतालाई भर्ती केन्द्र बनाएर कर्मचारी नियुक्त गरेको आरोप खेप्दै आएको अबस्थामा मेयर चौधरीले गरेको निर्णयलाई कतिपयले सकारात्मक मानेका छन् । पालिकाहरुमा कर्मचारी धेरै राख्ने अनी आर्थिक भारबाट उपमहानगरलाई जोगाउन यो महत्वपुर्ण निर्णयको रुपमा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-3-28

Country Confirmed Death
Nepal50
India98724
China819993299
Malaysia232027
Qatar5901
Australia364014
US1214782026
Saudi Arabia12034