११ फाल्गुन २०७६, आईतवार

तीन नगरपालिका सहित मोरड़ बडिबिल्डिङ एशोशिएसन गठन

विराटनगर । मोरड़ बडिबिल्डिङ एशोशिएसनको जिल्ला समिति र नगर समितिहरू गठन भएको छ । बिराटनगरको रोडशेषमा रहेको ईनर्जी वल्र्ड जिम क्लबको जुम्बा हलमा भएको कार्यक्रममा मोरङ्ग बडिबिल्ङ्गिग एण्ड फिटनेस एसोसिएसन जिल्ला समिति तथा मोरङ्ग भित्र रहेका नगर समितिहरु गठन भएको हो ।
बिराटनगर महानगरपालिका, पथरी शनिश्चरे नगरपालिका नगर समिति र उर्लावारी नगर समिति गठन भएको छ । अमलेश कर्णको अध्यक्षतामा ३१ सदस्य मोरङ्ग बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसन गठन भएको छ । बरिष्ठ उपाध्यक्षमा दिपक शास्त्री, उपाअध्यक्ष उमेश कार्की, गणेश नेपाल चयन भएका छन् । महासचिबमा नविन बिक्रम साह, सचिबमा जितु रजक, कोषाअध्यक्ष परवेज खान चयन भए । कोशोर पोखरेल, नवनितराज प्रधान, संजय साह, रियाज कुरैसि, अनिल खडका, एंजल खडका, श्याम साह, प्रदिप भुजेल, संजय कुमार राय, अशोक खड्का, मो.आबिद हुसैन, बिरेन्द्र थापा मगर, मनु मुखिया, बैजनाथ साह, अमर ब्यास, सुमन राजवंशी सदस्यमा चयन भए ।
बिराटनगर महानगरपालिकामा १४ सदस्य समिति गठन भएको छ। अध्यक्षमा मोन्टी पासवान, उपाधयक्षमा अभिराज मिश्रा, सचिबमा गणेश कुमार साह, सहसचिब मोहम्मद मुन्ना खान र कोषाअध्यक्षमा चन्दन कुमार कर्ण चयन भएका हुन् । सदस्यहरुमा दिपक कार्की, दिपक पासवान, राहुल मरिक, आकाश भगत, अरुण साह, कुलदिप मरिक, मनिष खतिवडा र बिशवाश कर्ण छन् ।
त्यस्तै गणेश नेपालीको अध्यक्षतामा पथरीशनिश्चरे नगरपालिकामा ७ सदस्य समिति गठन भएको छ । उर्लावारी नगरपालिकामा ११ सदस्य समिति गठन भएको छ। जसको अध्यक्षमा ईश्वर उदास चयन भएको मोरड़ बडिबिल्डिङÞ एशोशिएसनले जनाएको छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस