१७ चैत्र २०७६, सोमबार

भारतको जोगबनीबाट अवैध लागु औषध ल्याउने प्रहरी जवान विराटनगरमा पक्राउ

विराटनगर । भारतको जोगवनीबाट अवैध रुपमा ल्याउदै गरेको लागुऔषध सहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय सरोज गिरीलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका अबस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए । कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-3-29

Country Confirmed Death
Nepal50
India102427
China821223304
Malaysia247035
Qatar6341
Australia398416
US1408862467
Saudi Arabia12998