११ फाल्गुन २०७६, आईतवार

टिफिन मै सुनसान हुन्छ विराटनगरको शंकरपुर आधारभुत विद्यालय

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर महानगरपालिका वडा नं.२ मा रहेको शंकरपुर आधारभूत विद्यालयका बालबाललिका घाम ताप्दै पढ्दै थिए । विद्यालयको प्रवेशद्धारबाट भित्र छिर्ने बितिकै बिद्यालय परिसरमा आईतवार केही विद्यार्थीहरु घाम ताप्दै पढिरहेको थिए । कक्षाकोठाहरु खालि खालि नै देखिन्थे ।
शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद पोखरेल बिद्यालयमै भेटिए । विद्यार्थीहरुका अभिभावकलाई शिक्षाको महत्व र आफ्ना सन्तानलाई पढाउनु पर्छ भन्ने चेतना नै नहुँदा बिद्यालयमा बालबालिका कम आएको पोखरेलले सुनाए । ‘यी विद्यार्थीहरुलाई हेरेर पनि यस विद्यालयको अवस्था कस्तो छ भनेर अनुमान गर्न सकिन्छ, ’ उनले भने ।
बिद्यालयमा नियमित आउने बालबालिका पनि घर घरबाट खोजेर ल्याएको बताए । विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि विद्यालयले सिटी सफारीको व्यवस्था गरेको छ । शिक्षकहरु सबै मिलेर सिटी सफारीको खर्च उपलब्ध गराउने गरिएको प्रधानाध्यापक पोेखरेलले जानकारी दिनुभयो ।
यस बिद्यालयमा २०४८ सालमा नियुक्त भएर आएका पोखरेल शुरुका दिनमा आउदा ३ सय २० जना विद्यार्थी रहेको सुनाउँछन् । तर अहिले बिद्यार्थीको संख्या ६९ मा झरेको छ । यसरी बिद्यार्थी घट्नुको कारण भनेको बिद्यार्थीहरु नजिकका बिद्यालयमा जानु र अभिभावकमा सामुदायिक बिद्यालय प्रतिको काकर्षण कम हुनु नै रहेको बिद्यालयका विक्षकहरु बताउँछन ।
विराटनगर महानगरपालिकाका अधिकांश सामुदायिक आधाभुत बिद्यालयको अबस्था यस्तै नै रहेको छ । केही माध्यामिक बिद्यालयको अबस्था राम्रो भएपनि अधिकांश बिद्यालयको अबस्थायस्तै रहेको छ । सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा निजि विद्यालय प्रतिको मोह र राजनीतिक चलखेल पनि अर्को कारण हो ।
तर आश पनि अझै गर्ने संभावना रहेको बिद्यालयका प्रधानाध्यापक पोखरेल बताउँछन् । पोखरेलका अनुसार, प्रधानाध्यापक भएको एक बर्ष मात्र हुदैछ, मेरो कार्यअवधिमा यस विद्यालयको भौतिक संरचना देखि पढाइको गुणस्तरमा पनि आमुल परिवर्तन ल्याउनेछु ।
उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर नभएके स्वीकार गरे । तर राम्रो पनि गर्न सकिने उनको दाबी छ । गुणस्तरिय पढाई भएमा विद्यार्थीहरु सामुदायिक विद्यालयमा पनि निजि विद्यालय जस्तै हुन सक्ने बताईन्छ ।
शंकरपुर आधारभूत विद्यालय वि.सं. २०२५ सालमा स्थापना भएको थियो । ८ कठ्ठा १७ धुर जग्गामा रहेको विद्यालयमा ८ वटा कक्षा कोठाहरु रहेका छन् भने ५ शिक्षकहरुले अध्यापन गराउदै आइरहेका छन् ।
विराटनगरमा ५४ सामुदायिक विद्यालय, १२ धार्मिक विद्यालय र १ सय ४ निजी विद्यालय सञ्चालित छन् ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस