११ फाल्गुन २०७६, आईतवार

विराटनगरमा श्रद्धाश्रम बनाउन दिईएको जग्गामा कोईराला फाउण्डेशनको भवन बन्ने

विराटनगर। विराटनगरमा श्रद्धाश्रम बनाउन दिईएको जग्गामा सुशिल कोईराला फाउण्डेशनको भवन बन्ने भएको छ । पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाको स्मृतिमा सुशील कोईराला फाउण्डेशनको स्थापना पछि भवन निर्माण हुन लागेको हो ।
करिब ५ महिना अगाडि मात्र स्थापना गएको फाउण्डेशनलाई विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि भवन निर्माण गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष मृदुला कोइरालाले बताइन् ।
यस अघि विराटनगर महानगरपालिकाले जेष्ठ नागरिकको लागि श्रद्धाश्रम निर्माण गर्न दिएको जग्गा सुशील कोईराला फाउण्डेशनलाई उपलब्ध गराएको हो । एनआरएनए अष्ट्रेलियाले बिराटनगर महानगरपालिका वडा नम्बर ८ को बलुवाहीमा करिब ४ बर्ष पहिला श्रद्धाश्रम निर्माणको काम शुरु गरेको थियो । त्यो निर्माण पुरा नहुँदै महानगरपालिकाले त्यहीे जग्गा सुशील कोईराला फाउण्डेशनलाई उपलब्ध गराएको हो ।
फाउण्डेशनकी अध्यक्ष मृदुलाका अनुसार ‘एनआरएनएसँग भएको कुराकानीमा त्यो परियोजना फेलियर परियोजनाको रुपमा रहेको भनिएकोले त्यही भित्रको जग्गा प्रयोग गर्न दिईएकोे हो ।’ उनले २ बिगाहा जग्गा रहेकोमा ३ कठ्ठा जग्गा मात्र आफुहरुले प्रयोग गर्ने जानकारी दिईन् ।
जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष जगत अर्यालले एनआरएनएसँग जेष्ठ नागरिकको लागि भनेर श्रद्धाश्रम निर्माण भईरहेको जग्गा फेरी अर्को संस्थालाई दिईउको सुन्नमा आएकोले त्यस्तो गर्न नहुने बताए । ‘कोईराला परिवारलाई जग्गाको अभाव थिएन, अर्यालले भने, त्यो निर्माण भईरहेको आश्रम सफल बनाईनु पथ्र्यो महानगरले अर्को संस्थालाई त्यहीँको जग्गा दिनुहुने थिएन ।’
करिब २ बिगाहामा चार बर्ष पहिला १ करोड २६ लाखको लागतमा निर्माण शुरु गरेको श्रद्धाश्रम निर्माण पुरा नुहँदै भत्किने अबस्थामा पुगेको जेष्ठ नागरिक क्षेत्रमा काम गर्दै आएका मणीकुमार अज्र्याल बताउँछन् । एनआरएन र बिराटनगर महानगरपालिका बिचमा सहकार्य गरी निर्माण पुरा गर्ने उदेश्यले काम शुरु भएको थियो ।
रकम अभाव भएको जनाउँदै समितिले श्रद्धाश्रम निर्माणको काम रोकेको छ । श्रद्धाश्रम निर्माण समितिका संयोजकमा ब्यवसायी अभिनाश बेहरा थिए ।
निर्माण समितिका संयोजक अभिनाश बोहराले यो मास्टरप्लान बृहद योजनाका साथ आएकोले पहिलो दुई बर्षमा ग्राउण्ड फ्लोरको काम पुरा भएकोले बाथरुम फिटिङ र फ्लोर फिनिसिङको काम मात्र बाँकी रहेको बताए । उनले अबका दिनमा त्यसलाई संचालन गर्न योग्य बनाउनको लागि ५० लाख खर्च हुने बताए । ५० लाखले तल्लो तलाको काम पुरा हुने र माथिल्लो तला ढलानको काम हुने बोहराको दाबी छ ।
शुरुका दिनमा नियमित पैसा आएको तर पछि पैसा आउने क्रम रोकिएपछि श्रद्धाश्रम निर्माणको काम पनि रोकिएको थियो । एनआरएनएले बढी लगानी लाग्ने भएपछि पैसा उपलब्ध गराउनै छाडेको हो । अहिले पनि श्रद्धाश्रमको नाममा ८ लाखजती बैंकमा नै रहेकोले त्यो रकम र अन्य केही रकम थप गरेर बनाईएको संरचनालाई पुर्णता दिनु पर्ने बोहराको भनाई छ ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफु अष्ट्रेलिया जाँदा एनआरएनएले केही रकम दिने प्रतिवद्धता जनाएको भएपनि त्यो अनुसारको रकम नआएको बताए । उनीहरुले ४० लाख रुपैयाँ जम्मा गर्ने भनेको रकम पनि आउन नसकेको जानकारी दिए । उनका अनुसार, श्रद्धाश्रम निर्माण भईरहेको ठाउँको ३ कठ्ठा जग्गा सुशील कोईराला फाउण्डेशनलाई उपलब्ध गराईएको हो ।

फाउण्डेशनको भवन १६ गते शिलान्यास
कोईराला फाण्डेशनले भने विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश १ को राजधानी विराटनगरमा फाउन्डेसनको भवन बन्न लागेको जानकारी दिएको छ । भवन निर्माणका लागी प्रदेश १ सरकारले ७५ लाख बजेट उपलब्ध गराएको थियो । त्यही श्रद्धाश्रम निर्माण हुँदै गरेको जग्गामा महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि फाउण्डेशनको भवन निर्माण हुन लागेको फाउण्डेशनकी अध्यक्ष कोईरालाले बताईन् ।
यही ठाउँमा महेश आचार्यले श्रद्धाश्रमको सिलान्यास गरेका थिए भने माघ १६ गते फाउन्डेसनको भवन शिलान्यास गर्न कांग्रेका महामन्त्री डा.शशांक कोइराला आउँदैछन् । निर्माण गर्ने भनिएको फाउन्डेसनको उदेश्य पनि एकै खालको रहेको छ । महिला, जनजाति, पिछडा वर्ग र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर रोजगारी तथा सिपमुलक तालिम उपलब्ध गराईने अध्यक्ष मृदुला कोईरालाले बताईन् । जेष्ठ नागरिकहरुलाई सरल उपचारका लागि स्याहार केन्द्र सञ्चालन पनि गरिने उनको भनाई छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस