११ फाल्गुन २०७६, आईतवार

हिसान स्पोर्टस् मिट : भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध, बास्केटबलमा विकेभिएम विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार बास्केटवलमा विकेभिएम बिजयी भएको छ । फुटबलमा रेड स्टार र कान्तिपुर सेमिफाइनलमा, भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध कलेज प्रवेश गरेको छ ।
आज भएको फुटबलमा पथरीको रेड स्टार कलेजले विराटनगरको मेरिल्याण्डलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको एक मात्र निर्णय गोल डिम्पल लिम्बुले गरे । लिम्बु खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
दोस्रोे खेलमा कान्तिपुर कलेजले अर्किड कलेजलाई पेनाल्टीसुट आउटमा ३– १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआटबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिपकुमार चौधरी घोषितए ।
बास्केटवलको उपाधि विकेभिएमलाई
बास्केटबलको उपाधि विकेभिएम कलेजले जितेको छ । सुन्दरहरैचाको व्राइट प्mयुचरलाई ३६–३४ अंकले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलको म्याच अफ द फाइनल विकेभिएमका वरदान चालिसे घोषित भए । चालिसे म्यान अफ द सिरिज समेत घाषित भए ।
भलिवल
भलिबल छात्रातर्फ कोशी मल्टीपल कलेज र लर्डबुद्ध कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले मेरिल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेजले शिक्षादिप कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस