२८ चैत्र २०७६, शुक्रबार

लेख : नेपाली युवा र राजनिति – अभिषेक भट्टराई

विश्वमा युवालाई निश्चित उमेर समुहका व्याख्या सग सगै उनिहरु को सिर्जनशीलता, उर्जा र जागरका कारण कुनै पनि मुलुक र समाजको एउटा अभिन्न अंगको रुपमा लिने गरिन्छ । समाजमा एउटा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमताका कारण मुलुकमा युवा समूह दरिलो सकारात्मक शक्तिका रुपमा स्थापित हुनुपर्दछ । खास गरि कुनै पनि मुलुकमा लोकतन्त्र स्थापना लगायतका परिवर्तनकारी आन्दोलनमा अग्रणी भुमिका देखिए पनि त्यस पस्चातका राजनीतिक अभियास र मुलुक नेतृत्वदायी भुमिकामा भने युवाको कमजोर सहभागीता भएको पाईन्छ ।यस कुराले विशिष्ट प्रतिभा र क्षमता हुदा हुँदै पनि युवा लाई प्रयोग गर्ने साधनका रुपमा मात्रै लिएको मह्सुस आम रुपमा हुँदै आएको छ । यस विषयमा आमरुपमा विभिन्न काल खण्डमा बहस, विचार ( विमर्श भने नभएका हैनन तर पनि विषयको गम्भिरता लाई आत्मसात गर्दै ठोस अवधारणा आउन नसक्नुले भने अन्योलता निम्ताईरहेको छ । समग्र रुपमा हेर्ने हो भने कुल मतदाताको ठूलो हिस्सा युवा समुहले ओगटेको हुन्छ तर पनि राज्यका अङ्गहरुमा भने युवाहरुको अत्यन्त न्यून सह्भागिता रहेको पाईन्छ । यी विषय लाई प्रभाव पार्ने समग्र रुपमा थुप्रै तत्व हरु भएतापनी मुलभुत रुपमा भने केही विषयहरुले भुमिका खेलेको पाईन्छ ।

राजनीति प्रती वितृष्णा
समग्र रुपमा विभिन्न अध्ययनको निष्कर्ष र आमरुपमा युवाहरुको राजनीति प्रतिको भावना बुझ्ने हो भने धेरै युवाहरु राजनिती लाई खराब खेलका रुपमा बुझ्ने गर्दछन । युवाहरुका यी भावना पछाडी हालको नेतृत्वले राजनीति लाई मुलुकको समृद्दीका लागि भन्दा आफ्ना व्यक्तीगत र दलगत स्वार्थका निम्ति प्रयोग गर्नु, राजनीतिमा गलत प्रवृत्ती र नजिर स्थापित हुनु लगायतका विषयले मुख्य भुमिका खेलेको पाईन्छ । जस्ले गर्दा युवाहरुमा राजनीति लाई खराब खेल र राजनीति गर्ने व्यक्ती खराब हुन भन्ने छाप परेको पाईन्छ । सतही रुपमा हेर्ने हो भने युवाको राजनीति प्रतीको वितृष्णा सामन्य विषय जस्तो लाग्छ तर यसको प्रभाव भविष्यको मुलुकको नेतृत्व सम्म परिरहेको छ । युवालाई भविष्यका देशका कर्णधार भनेर भनिरहदा मुलुकको शासन व्यवस्था चलाउने राजनीति प्रति भने उनिहरु असन्तुष्ट र अरुचि हुनुले मुलुकको भावि दिशा कता तर्फ सोजिन्छ भन्ने प्रश्न खडा भएको छ । यस विषयमा सबैले आम रुपमा बहस ( विमर्श नगर्ने हो भने यसले भविष्यमा गम्भीर संकट निम्त्याउने निस्चित प्राय देखिन्छ ।

युवाहरु लाई अभिन्न अंगका रुपमा स्थापित नगराउनु ।
खासगरी हाम्रो जस्तो विकाशन्मुख मुलुकमा युवाहरु लाई पर्याप्त अनुभवको कमि को खोट लगाउदै उनिहरु लाई नेतृत्वदायी भुमिकामा आउन बाधा सिर्जना गर्ने अभ्यास चलिआएको छ । असंख्य सिर्जनशीलता, उर्जा र जागर हुदा हुँदै पनि हालको नेतृत्वले उनिहरु लाई नेतृत्वमा आउन बाधा खडा गर्ने जस्ता कृयाकलापले युवा मनोविज्ञानमा गम्भीर असर पर्ने गरेको पाईन्छ । जस्ले गर्दा उनिहरुमा समाज र राष्ट्र प्रतिको दायित्व बोध कमजोर हुँदै गएको छ । युवा अवस्थामा यस खालका मनस्थिति बाट आक्रन्त भएका युवाहरुमा त्यसको दीर्घकालीन छाप बस्ने गर्दछ र मुलुक लाई दिर्घकालिन रुपमा बेफाइदा गर्दछ । त्यसैले हाम्रो समाज र राष्ट्रमा युवाहरु लाई प्रेरणा प्रदान गर्दै उनिहरुलाई युवा अवस्था बाटै समाजका विभिन्न अभियानहरुमा नेतृत्वदायी भुमिमा प्रदान गर्दै मार्गदर्शन दिई समाज र राष्ट्र प्रतिको दायित्व बोध गराउन सकेको अवस्थामा मात्र उनिहरु हालको नेतृत्व प्रती सकारात्मक रहन्छन । जस्ले गर्दा उनिहरुलाई आफुमा भएका असिमित सिर्जना, उर्जा र जागरको भरपुर प्रयोग गर्दै मुलुकलाई समृद्दीको दिशा तर्फ अगाडि लैजान प्रेरणा मिल्ने गर्दछ । यसले समग्र रुपमा राजनीतिमा समेत युवाहरुको उत्साहजनक र स्वस्फुर्त सहभागिताको सुनिस्चिता गर्ने गर्दछ ।

राजनीति र कानुन निर्माणका क्रममा युवाहरुको सम्मानजनक उपस्थितिको सुनिश्चितता अभाव
परिवर्तनकारी र विभिन्न राजनीतिक आन्दोलनका समयमा उच्च सहभागीता जनाएका युवाहरुलाई त्यस पछाडिका चरणहरुमा भने सम्मान जनक उपस्थितिको सुनिश्चितता नगराउनुले युवा र राजनीति विचको दुरि बढाउन थप बल पुराईरहेको छ । राजनीतिक नेतृत्वको स्वार्थका कारण सृजनशिल युवालाई आन्तरिक रुपमा पनि उपयुक्त जिम्मेवारी नदिनु, राजनीतिक दल र तिनका सरचना लाई युवा मैत्री नबनाईनु , युवाहरुका मुलभुत समस्या लाई राजनीतिक दल र नेतृत्वकर्ताले ध्यान नदिनु जस्ता कारणले युवाहरुको मनोविज्ञानमा राजनितिमा प्रवेश गरेर मुलुकलाई अगाडि बढाउनु आफुहरु लाई सहज नरहेको कुरा पर्न गएको छ । अर्को तर्फ हिजो राजनीति र मुलुक लाई ठूलो योगदान पुराएका ईलिट नेतृत्वको सत्ता मोहले गर्दा पनि युवाहरुमा राजनीति प्रती नैराश्यता बढेको छ । त्यसैले हालको नेतृत्वले अबको नेतृत्वको जिम्मा युवाहरु को हातमा सुम्पिएर आगामी दिनमा आफुहरु सल्लाहकारको भुमिका बस्न सक्नुले युवाहरु लाई राजनीति मार्फत समृद्दी मुलुकको नक्सा कोर्न सहज हुनेछ । युवा र राजनीति विचको दुरि लाई साघुरो बनाउन राज्यका सम्पुर्ण निकायमा युवा परामर्श परिषदको गठन , कानुन निर्माणमा गर्ने सदनहरुमा युवाहरु को उपस्थितिका लागि दलहरु ले उम्मेदवार छनोट गर्दा पनि युवाहरु लाई उच्च प्राथमिकता राख्ने गरिका अभ्यास सुरु गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744