२८ चैत्र २०७६, शुक्रबार

इनरुवाको सखुवागाछिमा हायस र नाइट बस ठोक्किदा ४ जनाको मृत्यु

इटहरी । सुनसरीको सखुवागाछिमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएको छ । आज बिहान इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।

धरान इटहरीमा घाइतेहरुको उपचार भइरहेको छ भने वीपीमा हुने २ जना घाईतेको अवस्था सिकिस्त रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744