२८ चैत्र २०७६, शुक्रबार

अपडेट : सुनसरी दुर्घटनामा ज्यान गुमाउने चारजना कै परिचय खुल्यो

विराटनगर । सुनसरीको सखुवागाछिमा सवारी दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । अन्य ६ जना घाईते भएको छ । आज बिहान इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस र इनरुवाबाट इटहरी तर्फ जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा जुधेको हो । तीनजनाको घटनास्थलमा र एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले बताउनु भयो ।
दुर्घटनामा परेर ज्यान जानेहरुको बिवरण
१) चालक जिल्ला धादिङ बैरेनी ३ बस्ने बर्ष २८ को दिपक खड्का – घटना स्थलमै मृत्यु ।
२) जिल्ला झापा भद्रपुर ८ घर भई हाल काठमाण्डौ २३ बस्ने बर्ष ७५को हेमराज कोईराला ( घटना स्थलमै मृत्यु ।
३) ऐ ऐ बस्ने बर्ष ६५ की डोलमाया कोईराला ( घटना स्थलमै मृत्यु ।
४) भक्तपुर बस्ने बर्ष १७ कि गरिमा गौतम धरान घोपामा उपचारको क्रममा( मृत्यु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744