साहित्य संसार

नयाँ वर्षको शुभकामना

मुक्तक

प्रश्न

नयाँ वर्ष

-सविना श्रेष्ठ नयाँ वर्षसंगै घरको क्यालेन्डर फेरियो फुटेका झ्यालको सीसा फेरियो छिमेकीको घरको तला फेरियो। आकाशको बर्षातले गति फेरेझै नदिको छाल फेरियो। तर किनार फेरिएन साहुबाको घरको धुरी फेरियो। हावाले तिब्रता गति फेर्यो। चरा चुरुङ्गिको गुड फेरियो। हरियाली बोट बिरुवाको पात फेरियो। तर मेरा बा क�. . .


गजल

-रोमा लम्साल "नुरा" खटिया नयाँ नयाँ छन् पर्दा नयाँ नयाँ छन् सुरुवात जिन्दगी हो सपना नयाँ नयाँ छन् सायद होला गुनासो फर्केन मृत्यु भन्ने हरसाँझ गौंथलीका भाका नयाँ नयाँ छन् हररात बज्न थाले निद्रा बिगार्नलाई यी पाउजु चुराका लफडा नयाँ नयाँ छन् कुन फूल फुल्ने होला भमराको वस्ती भित्र भरखर सजाइएका ग�. . .


गजल

-सृष्टि सावित्रा कसले बुझ्ने कोशिश गर्छ यो मन मेरो अचेल हतारमा भेटिन्छ धड्कन मेरो आज पनि धरातल सम्झिरहेको छु हिजो झुपडीमा बितेथ्यो बचपन मेरो गुरु र पुस्तक कहिल्यै पुराना हुँदैनन् क,ख पढेको पुस्तक अझै छ जतन मेरो ए!छोडेर जाने मान्छे,फेरि फर्केर नआऊ भर्खर रंगिन खोज्दै छ, जीवन मेरो उत्तिस काट�. . .


नयाँ वर्ष

-लक्ष्मी रायमाझी सपना भत्किएपछि सबै सबै पुरानो लाग्छ! उही पुरानो समय फेरबदलमा सम्झेर होस् दुखेर होस् कल्पेर होस् उही पुरानैमा ठोकिएर छुन पुग्छ आभासमा उतै रुमलिन्छ सोच प्रेमिल बस्तीमा या शुष्क बन्जरमा होस्! नव पालुवाका पल्लवित मुना झाँगिन्छन् मनभरि पदचापको डोब भित्रबाट फुत्त निस्किन्छ गहिरा य. . .


नयाँ वर्ष

-जयन्ता खत्री 'सुधा ' उदासिनता को पर्दा हटाएर कादम्बरी को स्वर उठाएर मधुमास लाई बिस्तारै धकेल्दै सुनौला कोपिला र पालुवा सँग खेल्दै आउँदैछ बोकेर सुसमाचार भेटेर केही आधार ग्रिष्मा लाई निम्तो दिदै बितेको शिशिर सम्झिदै आउँदैछ छुट्टै रौनक छ छुट्टै आस छ छुट्टै अपेक्षा छ छुट्टै आभाष छ कतै भरपुर रहर छ . . .


लघुकथा : प्रकाशित

-ऋषि तिवारी सधैँजसो मर्निङवाक गरेर आएपछि घरमा पत्रीका खोज्थेँ । पत्रीका नदेखेपछि छोराछोरी, न भए श्रीमतीलाई सोद्थेँ । "आज पत्र-पत्रीका आएन ?" उता छोराछोरी ट्युसन पढिरहेका हुन्थेँ भने, श्रीमती घर आँगन बढारिरहेकी हुन्थिन् । म थुचुक्क बाहिरको पिढिँमा सुइया सुसेली मार्दै कुर्सीमा थचक्कै बस्थे । कुर्सीम�. . .


गजल

-प्रमुना पाैडेल अचेल मलाई तिम्रो प्रेमको अनुभुती मारामार भएको छ खै किन हो थाहा छैन तिम्रो तस्बिर पनि गद्दार भएको छ म बाट टाढिने अनेकाै बाहाना खोज्न थाल्याै तिमी हो त्यहि दिन देखि तिम्रा यादहरु लगातार भएको छ। जसलाई विश्वास गरि तन मन सबै सुम्पेको थिएँ भन तआजकल उसैबाट किन घात बारम्बार भएको छ। साच्चै म�. . .


तृष्णा

-शारदा भट्टराई शीतल तृष्णा सबमा हुन्छ बनेको जगमा पूर्ण भरोसा नदिए साथ कसैले नलिए मानवताले सिँचिए काम सबैका बनिए लोभ र हिंसा नलिए व्यक्ति खुसीले रमिए धर्म बुझेको जनका पाप हटायो मनका भोक जगाऊ मनमा दास बनाऊ धनमा बोट फलेको वनमा हुन्छ नुहेको जगमा स्वाद अनेकौँ रसको खान सदिच्छा सबको पेट सबैको भरिल�. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) शासक नवीन बस्छन् आसनहरू पुरानै कानुन भनेर कस्छन् बन्धनहरू पुरानै फेर्छौँ नयाँ व्यवस्था भन्नेहरू जो जो छन् गर्छन् सदैव तिनले चिन्तनहरू पुरानै संस्कार व्यर्थ भन्छन् भद्दा भयो रे आस्था नौला जोगीले घस्छन् चन्दनहरू पुरानै बिर्सेर दुःख सारा खोज्दै छु लक्ष्य किन्तु छन् बाटो छेक�. . .


सञ्चय!

-लक्ष्मी रायमाझी एकैछिन पनि अडिदैन सञ्चय गरुँ भन्दा बगेर जान्छ! फेरि पनि सकिँदैन ओइरिएर आइरहन्छ खै कहाँ छ भण्डार उसको ? आखिर समय,गतिशील गतिमा चलायमान छ किन अचम्म मान्नु र? बरु उसको सीमासर्पनसँग आफू मिसिन सकियो मने आकाश गंगा भएर फिजिन सकियो भने संचय हुन्छ बचत जस्तै समय! यही पर्याप्त छ मान्यतालाई म�. . .


गजल

-उदयअतीत यत्ति परिपक्क बन्नु थिएन अन्जानी बनेर किन आयौ दिलमा राज गर्न परानी बनेर मलाई वास्ता नगर्ने हरुलाई म पनि हेर्ने छैन मनमा कति सजाउनु उसलाई परिसानी बनेर प्रेम थियो र त सिताले रामको प्रतिक्षा गरिन रामायणले पनि हरण गरेको हो बैमानी बनेर मुस्कान बाट सुरूभई आँसुमा समाप्त गरियो जिवनमा ठूलो भुल ग. . .


गजल

- सृष्टि सावित्रा कहिले हत्केला कहिले निधारमा खोज्छौ भाग्यमा नभएको मान्छे बेकारमा खोज्छौ खुशी हराएको होइन, लुटिएको हो थाहा हुँदाहुँदै फेरि बजारमा खोज्छौ जुन आँखाहरु ओभाउन,पाएका छैनन् तिमी तिनै आँखाहरु,शृङ्गारमा खोज्छौ म मलामी गएर भर्खरै फर्किएको हुँ! फेरि मीठो मुस्कान,अनुहारमा खोज्छौ सु. . .