साहित्य संसार

सप्तरङ्गी शुभकामना

एउटा नयाँ होली मनाउ

अनुशासन पढौँ

चारु

-सुजता राई स्कुल जान्छु भन्छिन् छोरी पठाउँ कसरी ? शिक्षकबाटै हातपात हुन्छ बताउँ कसरी ? हेर्छन् कोही नजर जुधाई दिलमा बसेर, भरोसा छैन कसैको यहाँ थपाउँ कसरी ? नैतिक शिक्षा ग्रहण गर्ने पहिला बाआमा, घरमा राम्रो माहोल छैन हसाउँ कसरी ? सबैको सोंच कौशल भए समाज सुन्दर, खराब धेरै असल थोरै जगाउँ कसरी ? रहेछ गाह्�. . .


गजल

-सविना श्रेष्ठ तिमी र म रमाउने छुट्टै शहर पठाएको छु खाली सिउँदो रङग्याउँने रहर पठाएको छु दुई मुटु एक भएको दिन पक्कै खास होला सातौँ जुनिसम्म नछाड्ने ठहर पठाएको छु दुनियाँले जे जे पनि भन्ला प्रवाह छैन मलाई खुशी बोकि ल्याउने एउटा लहर पठाएको छ बाँच्दासंँगै मर्दा एउटै चितामा जलुँला प्रिय संँगैपिएर मर�. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) दुःख लाग्छन् खात मैले के कमाएँ जिन्दगीमा मात्र भोग्दा हार आफैँ नै अघाएँ जिन्दगीमा गर्छु धेरै राम्राे भन्दा झन् भए आफन्त टाढा मित्र भन्दा शत्रु धेरै पो बनाएँ जिन्दगी मा न्यानो तिम्रो साथ मिल्दा जिन्दगी भो फूलजस्तो सब गगनका जूनतारा लाग्छ पाएँ जिन्दगीमा छाती दुख्दा ठेस लाग्दा �. . .


गजल

-सुजता डि.सि. 'राजकुमारी' आफ्नै घरमा बन्नुपर्छ आलोचित अचम्म लाग्छ हाड छालाको सरीर किन आकर्षित अचम्म लाग्छ सहारा बन्ला भनि जन्म दिई हुर्काई बढाईयो तिनै सन्तान बाट छ्न अपमानित अचम्म लाग्छ नियम बन्यो समेट्ने भनि बच्चा बुढा युवा सबै तर,रह्यो मात्रै कागजमा सिमित अचम्म लाग्छ द्वन्द भयो गुमाए आफ्ना कसल. . .


पृथ्वी बचाउँ

-जयन्ता खत्री सुधा म कर्णालीदेखि काठमाडौंसम्मको सफर गर्छु अज्ञान देखि विज्ञान सम्मको तथ्य औल्याउँछु हकिङ्को भविष्यवाणी पढ्छु हिमाल देखि मधेश सम्मको प्रकृति हेर्छु अनि सुर्योदय देखि सुर्यास्त सम्मका दुइ क्षितिजलाई जोड्ने आकाशलाई नियाल्छु र........ र म मेरो बच्पनको स्मृति माथि कसुर देखाउदै तिनमाथि. . .


म बनूँ !!

-शारदा भट्टराई मिठा राम्रा राम्रा असल कविता लेख्न म सकूँ बनूँ यस्तो द्रष्टा गगन पृथिवी देख्न म सकूँ सधैँ पढ्ने राम्रो मधुर स्वरको पाठक बनूँ गरी फड्का लामा तन र मनले साधक बनूँ फलेका हाँगाको मुनि सँयलको स्वाद म लिऊँ झरेको छाँगाको छङछङ सँगै प्यास म पिऊँ रहेका छन् प्राणी जमिन भरमा बुझ्न म सकूँ हिँडेका. . .


सीमातीत सम्बन्ध !

-लक्ष्मी रायमाझी विभाजित छ परिभाषा विवादित पनि हरेक शब्दशब्दको साइनोको अर्थमा गाँठो बाँधिन नसक्दा आमा- प्रेम ममता बाबा- त्याग बलिदान दिदीबहिनी- स्नेहीसाथ दाजुभाइ- एकताशक्ति साथी- समर्थन श्रीमानश्रीमती- आत्मीयता स्वार्थोन्मुख सन्तुष्टि पनि इष्टमित्र- सहयोग सद्भाव यी सबै मान्यताहरू हुन् परि�. . .


गजल

- सृष्टि सावित्रा कोपिलाहरु छिट्टै फक्रिने रहरमा छन् फक्रिसकेका थुङ्गाहरु खस्ने डरमा छन् तिमी हिँड्दा सडकमा मन बिछ्याउथें मैले आज मेरा गोडाहरु काँडाको सफरमा छन् तिम्रो साथमा सुरक्षित छु म कसरी भनौं ? प्रेमी द्वारा प्रेमीकाको हत्या खबरमा छन् रहर बोकेका आँखाहरु शहर पुगिसके बाध्यताका पाइलाहरु �. . .


कृतिम बौद्धिकता

-देवराज तामाङ सम्झनाका डाटाको भिडबाट छुटेर संवेदनाको जगतमा डुबेर आम मानवता अँगाल्न खोजिरहेको छ बुद्ध वा गान्धी बन्नु भनेको होइन लय साधारण मान्छे हो, विश्व यही हो भय मेसिनको तर्कबाट टाढिएर मानवीय चेतनामा गढिएर सजीवताको सागर खोज्दै छ। सफ्टवेयरले बुझ्न सक्दैन कथाहरू डिकोड गर्न सक्दैन व्यथाहर�. . .


गजल

-पारस भट्ट " प्यासी " केही काम गरेर खाउँ भनेपनि शरीर छैन हात छैन भोको पेट चिच्याइ रहन्छ दाल तरकारी भात छैन आमाबाबु पनि बितिहाले घरमा कोहि छैन साथमा आकाश हेरिहेरी दिन बिताउँछु, नरोएको रात छैन बिलौना छन् कथा छन् दु:खले मात्रै स्पर्श गरिरहन्छ खुसिको आभास गरेको छैन् कुनै खास बात छैन हावाहुरी चलेर सबै झ. . .


लघुकथा:पैंचो स्वास्नी

-सविना श्रेष्ठ समीरको स्वास्नी जहिले बिरामी पर्थिन्। बिहान सन्चै हुँदा बेलुकी आउँदा हँ हँ को बिसन्चो झैँ बिरामी परिरहेकी हुन्थिन् । एक दिन हैन दुई दिन हैन दिनहुुँ बिरामी परेकोले समीर दिक्क भैसकेका थिए । छोराछोरी पकाउ खुवाउ स्कुल पुर्याउनु अपिस जानू बजार जाउ सब्जी ल्याउ आदि कुरा आफै धान्नु पर्ने। र �. . .


गजल

-जयन्ता खत्री सुधा त्यसकारण पनि मैले यस्लाई धेरै जतन गरेको यो बिर्सनेको तस्बिर हो सम्झाउने वजन गरेको त्यो फुलको जिन्दगी लुछेर ढुङ्गाको चरण ढोग्न जान्छौं तिमीले सुहाउँदैन यसरी धर्मको वर्णन गरेको तिमी झैँ सँधै घुर्क्याइरहन्छ_ थर्काइरहन्छ मलाई कोही छ आमा ठ्याक्कै याहाँ तिम्रै जस्तो मन गरेको यो य�. . .