विशेष अदालत आइटी प्रयोग बढाउदै, भर्चुअल हियरिङ, रिमोटबाट बकपत्र

विशेष अदालत आइटी प्रयोग बढाउदै, भर्चुअल हियरिङ, रिमोटबाट बकपत्र

काठमाडौं । विशेष अदालतले ‘स्मार्ट कोर्ट’ स्थापना गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी गरेको छ ।

राजधानीस्थित अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘स्मार्ट कोर्ट’ अवधारणामा अघि बढ्ने जनाएको हो । यो अवधारणाअनुसार दर्ता भएका मुद्दाहरुको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अदालतलाई डिजिटलाइज गर्ने काम अघि बढेको बताएका हुन् । उनले भने, ‘विशेष अदालतलाई ‘स्मार्ट कोर्ट’मा रुपान्तरण गरि प्रविधिको उच्चतम प्रयोगका लागि हामी लागिरहेका छौं । त्यस्तै, न्यायमा सहज पहुँचका लागि भर्चुअल हियरिङ, रिमोटबाट (विदेशबाटै) बकपत्र गर्ने गरि तयारी अघि बढाएका छौं । यसका लागि काठमाडौं महानगरपालिकाले सहकार्य गर्नेछ । प्राविधिक उपकरण जडानका काम भइरहेको छ । सकभर हामी नयाँ वर्षबाट अनलाइन बकपत्र सुरु गर्ने तयारीमा छौं ।’
विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्धारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि,२०८० जारी भएको उल्लेख गर्दै उनले मुद्दा व्यवस्थापनका लागि बार–बेन्चबीच नियमित छलफल भइरहेको जानकारी दिए ।

अदालतमा फागुन मसान्तसम्म लक्ष्यभन्दा बढी काम भएको उनले बताए । उनले भने, ‘अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका कुल ३ सय ५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १ सय २७ गरी कुल ४ सय ८६ थान मुद्दामध्ये ३ सय २७ थान मुद्दा फछ्र्याैट भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्