२० वर्षपछि स्थानीय निर्वाचनकाे मतदान सुरू

२० वर्षपछि स्थानीय निर्वाचनकाे मतदान सुरू

अाज पहिलाे चरणकाे स्थानीय निकायकाे निर्वाचन सुरू भएको छ । २० वर्ष पछाडी भइरहेकाे यस निर्वाचनमा सर्वसाधारणकाे उल्लेख्य उपस्थिति देखिइरहेकाे छ । पहिलो चरण प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा हुने निर्वाचनबाट ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चयन हुनेछन् । यसमा ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।
यस अघि २०५४ सालमा स्थानीय निर्वाचन भएकाे थियाे । यसका लागि निर्वाचन अायाेगकाे अनुसार ४९ लाख ५६ हजार ९ सय २५ जना मतदाताहरूले मतदान गर्न पाउछन् ।
मतपत्रमा त्रुटी , अन्य सरकारी परिचयपत्र देखाएर भाेट दिन पाइनेनिर्वाचन आयोगले जारी गरेकाे केहि मतदाता परिचय पत्रमा त्रुटि पाइएकाे छ । मतदाता नामावलीकाे नाम, तस्विर र अन्य केहि विवरणहरूमा त्रुटि देखिए पछि अायाेगकाे वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र/राहदानी/सवारी चालक अनुमतिपत्र/जग्गाधनी प्रमाणपत्र वा अन्य सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ । आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले मात्र यसरी मतदान गर्न पाउने बताएकाे छ । याे सुविधा प्रयाेग गरि मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरु र कुनै कारणवश मतदाता परिचयपत्र हराएकाेहरूले मतदान गर्न पाउनेछन् ।
मतदान गर्दा माेबाइल र झाेला लग्न मनाही
निर्वाचन अायाेगले मतदान गर्न जाँदा माेबाइल, क्यामेरा वा झाेला लग्न निषेध गरेकाे छ । मतदाताकाे गाेप्यता भंग हुन सक्ने र कसैले मतदानकाे प्रमाणका लागि तस्विर खिचेर ल्याउन लगाउने वा गलत कार्य गर्न सक्ने भन्दै यस्ताे निर्णय गरिएकाे जनाएकाे छ ।
अाफुले बाेकेकाे झाेला, क्यामेरा र माेबाइल फाेनहरू बाहिरै अाफन्त वा सुरक्षाकर्मीलाइ दिएर मतदान गर्न जानु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्