नेपाल विद्यार्थी मगरसंघको नवौं अधिवेशनको तयारी पुरा

प्रेम देवान विराटनगर १४ माघ । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय राष्ट्रिय नवौं महाधिवेशनको तयारी पुरा भएको छ । मोरङको लेटाङ भोगटेनी नगरपालिकामा भोलि शनिबार देखि सुरु हुने राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको विद्यार्थी संघले जनाएको छ । नेपाल मगर विद्यार्थी केन्द्रिय संघले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । करिब तीनदिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै विधान संशोधन पनि हुने संघकी केन्द्रीय अध्यक्ष दीपा आलेमगरले जानकारी दिनुभयो । अधिवेशनमा ७२ जिल्लाबाट ४ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको उद्घाटन सभामुख ओनसरी घर्तिमगरले गर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष आलेमगरले ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मतीबाट चयन गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस