हिसान स्पोर्टस् मिट हुँदै

प्रेम देवान विराटनगर १४ माघ । उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा शनिबार देखि हिसान स्पोर्टस् मिट हुनेभएको छ । हिसान मोरङले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन हिसान स्र्पोटसे मिट हुने जनाएको हो । शनिबार देखी हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टिटि र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने भएकाछन् । एक हप्तासम्म चल्ने मोफसलको सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ । विगत ९ वर्षदेखि हिसानले मोरङमा प्रत्येक वर्ष हिसान स्पोर्टस् मिट संचालन गर्दै आएको हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारीदिनुभयो । खेल सम्पन्न गर्न ६ लाख ३१ हजार खर्च हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिनुभयो ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस