विराटनगर, २७ कार्तिक । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरन्टिनेन्टल प्रा.लि. ले ‘द नेक्स्ट जेन भेर्ना’ कार बजारमा ल्याएको छ । विराटनगरको लागि आधिकारीक विक्रेता रोयल अटो वल्र्डले सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी भेर्ना कार बजारमा आएको जानकारी गराएको हो ।रोयल अटो वल्र्डका निर्देशक विनोद पाण्डे, रोहित पराजुली र पाथिभारा एर्डभटाइजिङ्गका प्रबन्धक निर्देशक पवन अधिकारीले संयुक्त रुपमा कारको उद्घाटन गरे । १ हजार ६ सय सि.सि.को सुविधा सम्पन्न कारको बजार मुल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको रोयल अटो वल्र्डका मेनेजर सन्जय शाक्यले जानकारी दिए । हालै बजारमा आएको कारले प्रति लिटर १२ देखि १४ किलोमिटर माईलेज दिने बताइएको छ


प्रतिक्रिया लेख्नुहोस