घर डुबेपनि समाचार उठाइरहेको एक पत्रकार – सुरज सुवेदी

घर डुबेपनि समाचार उठाइरहेको एक पत्रकार – सुरज सुवेदी

पत्रकार हुनु भनेको के हो भन्ने यकिन थाहा नभएपनि मलाई यति थाहा छ ‘पत्रकार हुनु जिम्मेबारी बोक्नु हो । गलत सुचनालाई कसैको कानसम्म पुग्नबाट रोक्नु हो। र सबैभन्दा धेरै मानिसले हेर्न चाहेको समाचार संप्रेषण गर्नु हो ।’

यो परिभाषाभित्रै अटाउने धेरै मध्ये एक पत्रकार हुन् प्रेम देवान पनि । उनलाई मैले बिराटनगरको कुनै एक कार्यक्रममा रिपोर्टर भएर आएको बेला भेटेको हुँ । छरितो ज्यानका उनले आँखामा सँधै उत्सुकता लिएर आएका हुन्थे । धेरैपटक उनको उत्सुकता पत्रिकाका बाइलाईनहरूमा पोखिएको भेट्थेँ म । त्यसले मेरा पनि उत्सुकताहरू मेटाउँथे ।

[caption id="attachment_38269" align="aligncenter" width="720"] पत्रकार देवानकाे घर[/caption]

यस्तो धेरैपटक भइरह्यो । बिराटनगर छोडेर काठमाण्डौ आएपछि त्यताको समाचारले झनै तान्यो । सामाजिक अभियानमा जोडिएको ठाँउ भएकाले मलाई त्यहाँको स्पर्श मिठो लाग्छ । त्यसैलेपनि उनले आवर बिराटनगरको माध्यमबाट मलाई छोइरहे । धेरैजसो हेडिङको तल प्रेम देवान मैले देखिँरहेँ ।

र यस्तैमा गएको केही दिन अगाडी पूर्बमा बाढी पस्यो । त्यहाँ बाढी पस्नु र मेरो मनमा चिसो पस्नु एकैपटक भयो । धेरै ठाँउहरू संझिँए । पढेका, डुलेका, खेलेका, हिँडेका ठाँउहरू सबै । ति सबै ठाँउहरूका बारेमा उत्सुकता थियो । चिन्ता थियो । त्यसलाई मेटाउन मैले सकेजति सबै स्रोतहरू खोजेँ । सम्पर्क भएसम्मका साथीहरूलाई सन्चो बिसन्चो सोधेँ । पूर्वको समाचार भनिएका हरेक क्लिकबेटहरू पछ्याँए ।

 

यतिबेला पनि प्रेम देवान कुनै न कुनै रूपमा म नजिक आइरह्यो । कहिले उसको फेसबुक स्टाटस त कहिले आवर बिराटनगरको बाइलाईन । उ जोगबनीमा मानिस डुबेको खिच्न पनि पुगिरहेको थियो त इटहरीको अपडेट दिन पनि भ्याइरहेको थियो । मैले यी बाक्यहरू लेख्दा पनि उ इटहरीमै थियो । र त्यसैखबत धेरै राष्ट्रिय दैनिकहरू मोरङ जिल्ला ताल बनिरहेको खबर लेखिरहेका थिए ।

 

त्यो जोखिमका बाबजुत पनि उ त्यसरी समाचार संकलनमा डुलेको देख्दा उनको पेशागत त्याग स्पष्ट देखिन्थ्यो । प्रोफेसन म्याटर्स फर हिम ।

 

 

केहीबेर अगाडी अावर विराटनगरका बिबेक दाहालसँग कुरा गरेपछि पो झसंग भँए । बिबेकले सुनायो प्रेम जी स्वयंको घर डुबेको रहेछ । परिवारमा के गर्ने कसो गर्ने अन्योल भइरहेको बेला उ रिपाेर्टिगंका लागि डुलिरहेको रहेछ त्यसरी । र त्यो पनि म जस्ताले समाचार पढ्न पाउन् भनेर । अावर विराटनगरका सम्पादक सरोज कार्की भन्दै थिए ‘घरमा पालेका जनावरहरू र सामान जाेगाउन घरमा भएकि अामालाइ हम्मे हम्मे परेछ । उनको परिवार अहिले अन्तै आश्रय लिएर बस्नुभएको छ ।’

पहिला त परिवारलाई हेर्ने बेलामा किन हिँड्यो पनि भन्न मन लाग्यो तर संझिँए उ वा उ जस्ता हिँडिदिएनन भने ? आजको पत्रिकाको फ्रन्ट पेजमा छापिएको फोटो संझिँए । पानीको डर मानेर नरेन्द्र श्रेष्ठ त्यहाँ नपुगिदिएको भए ?

 

अरू कुरा थाहा छैन, त्यति सुनेपछि प्रेम देवान प्रतिको श्रद्धा झनै बढेको छ । र विवेकले भनेको जस्तो उहाँको परिवारको लागि केही सहयोग गर्ने माध्यम भए सहयोग गर्न मनैबाट इच्छा छ ।

उनको अक्षर पटकपटक पढेको मलाई उनको अक्षरसँग गाँसिएका केही ओसिला बोझ म पनि किन नउठाँउ ? डियर प्रेम देवान, यु आर नट अलोन ब्रदर । तपाई पत्रकारीता गर्नुहोस्, हामी मानवियता गाँस्छौ ।

र पेशा के हो भन्ने प्रश्नलाई बिवेचनात्मक उत्तर दिएकोमा धेरैधेरै धन्यवाद ।

सुरज सुवेदी
आवर बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्