“आफ्नो सपना पुरा गर्न लाग्नुहोस अरुको हैन” – नोरत्तम अर्याल

“आफ्नो सपना पुरा गर्न लाग्नुहोस अरुको हैन” – नोरत्तम अर्याल

बिराटनगर जेठ १२, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा काठमाण्डौका युवा उद्यमी नोरत्तम अर्यालले युवाहरुसंग अन्तरक्रिया गरेका थिए । किंग्स कलेज काठमाण्डौका प्रिन्सिपल तथा निर्देशक अर्यालले युवाहरुसंग आफ्नो करियरको बारे बताएका थिए । उनले युवाहरुलाई आफ्नो सपना पुरा गर्न अगाडी बढ्न सुझाब दिएका थिए । बिजनेस गर्न पैसा भन्दा पनि मेहनत , हिम्मत र इमान्दारिता हुनु पर्ने उनले बताए। बिजनेस गर्न धनी परिवारमा नै जन्मिनु नपर्ने , सहि काम गरेर सफल हुन सकिने उनले युवाहरुलाई सुझाब दिए ।   कार्यक्रम बिकल्प एन अल्टरनेटिभ , मेरील्याण्ड कलेज बिराटनगर (बिबिए) , मकालु टेलिभिजन र होटेल नमस्कारको संयुक्त आयोजनामा हुदै आएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्