एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी

एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी

काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।
एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका हुन् । तर निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।
मतगणना भने सकिएको छ ।  काठमाडौं महानगरपालिकामा जम्मा १  लाख ९७ हजार २२७ मत खसेको थियो । त्यसमध्ये १ लाख ९१ हजार ४४ मत सदर भएको छ ।
जसमध्ये मेयरमा एमालेका शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत र विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा कांग्रेस उमेदवार हरिप्रभा खड्गी विजयी भएकी छन् ।
उनले ५८ हजार ९५२ मत प्राप्त गरेकी छन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्व्री राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी सुशीला पौडेलले १०४४८ र साझा पार्टीकी निरुपमा यादवले ११५३२ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्