मैले भोट कस्लाई दिने ? – पेरिस सुबेदी

मैले भोट कस्लाई दिने ? – पेरिस सुबेदी

स्थानीय निकायको निर्वाचन आउन अब केहि दिन मात्रै बाकीं रहेको छ । म एक १८ बर्ष पुगेको युवक हु । म संग  भोटेर आइडी काड पनि छ तर प्रश्न भने यो छ कि मैल भोट कस्लाई दिने त ?  मैल मेरो मात्र बिचार नभएर सम्पूर्ण युवा बर्गको सोचलाई ब्यक्त गर्न खोजेको हो । हाम्रो देशमा अब बिकासका गतिबिधिले ठुलो फड्को मार्नु पर्ने छ र यस्का लागि सर्बप्रथम स्थाननिय निकाय देखी नै बिकासका गतिबिधिले फड्को मार्नु जरुरी हुन्छ । त्यसैले  यतिबेला म जस्तो युवाले हालेको भोट एक्दमै महत्वोपूर्ण हुन्छ जस्तो लाग्छ । सबै पार्टीका घोषणा पत्रमा हेर्ने हो भने सबै दलले सुन्दा आनन्द लाग्ने एजेन्डाहरु राखेका छन् ।

पहिलोपटक भोट हाल्न लागेको म जस्तै अन्य युवाहरुले यसपालीको निर्वाचनमा भोट हाल्ने कुरामा अझै निर्णय गर्न सक्ने अवस्था छैन । को राम्रो को नराम्रो , कसले बिकासलाई प्राथमिकतामा राखेर काम गर्छ छुट्याएर भोट दिनु जरुरी छ ।

मेरो र युवाहरुको भोट हाम्रोलाई भन्दा राम्रोलाई दिनु जरुरी छ । भबिस्यको बारे सोच्ने हो भने हामीले आज   दिएको मतको परिणामले हाम्रो पुस्तालाई   कुन दिशामा लाने बताउन सक्छ  । त्यसैले युवाको भोट व्यक्ति हेरेर हुनुपर्छ न कि कुनै राजनीतिक दल । यो एउटा अवसर हो यसलाई हामीले खेर जान दिनु हुदैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्