विराटनगर अाएर अाेलीले भने ‘अझै पनि निर्वाचन हुुन नदिन षडयन्त्र भईरहेको छ’

विराटनगर अाएर अाेलीले भने ‘अझै पनि  निर्वाचन हुुन नदिन षडयन्त्र भईरहेको छ’

विराटनगर २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझैपनी निर्वाचन हुुन नदिन षडयन्त्र भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले उम्मेदवारमाथी आक्रमण गरेर वम पडकाएर निर्वाचन भाडने षडयन्त्र भइरहेको बताएका छन् ।
ओलीले निर्वाचनका लागी सरकारले प्रभावकारी सुुरक्षा दिन नसकेकाले यस्ता घटना भइरहेको बताए । उनले सुरक्षाकाका लागी सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको स्पष्ट परे । अध्यक्ष ओलीले सरकारले सुुरक्षाको भरपर्दो व्यवस्था मिलाएर निर्वाचनमा सवैले सहभागी हुुने वतावरण वनाउने पर्ने बताए ।
ओलीले वर्तमान सरकार कामचलाउ सरकार भएकाले लोकतन्त्रको मुुल्य मान्यता अनुुसार सरकारले काम गर्नुुपर्ने बताए । चुुनावलाई प्रभावपार्नेगरी सरकारले राज्यकोषको दुुरुपयोग गरिरहेको भएतापनी त्यसतर्फ निर्वाचन आयोगको ध्यान जान नसकेको ओलीको भनाई छ ।
अध्यक्ष ओलीले चुुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न सकेमा मात्र लोकतन्त्र संस्थागत हुुने भन्दै लोकतन्त्रवादी भन्नेहरुले वामपन्थी गठवन्धन विरुद्ध जथाभावी वोलेर लोकतान्त्रीक मुुल्य मान्यतालाई विर्सेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्