सिरियामा आइएसको आक्रमणमा परी ३० जनाको मृत्यु

सिरियामा आइएसको आक्रमणमा परी ३० जनाको मृत्यु

इराकसँग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मृत्युहुनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए । बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा बढी घाईते भएका छन् । घाइते कयौंको अवस्था गम्भीर छ । आक्रमणपछि नजिकैको चेकपोष्टमा रहेका सिरियन डेमाक्रेटिक फोर्सका सेनासँग लडाकुको भीडन्त भएको थियो । लडाकुहरुले आक्रमणपछि थुप्रैलाई अपहरणसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्