स्वास्थ्य जानकारी : महिनावारी गडबडी तथा दुखाइमा यी योगासन गर्दा फाइदा

स्वास्थ्य जानकारी : महिनावारी गडबडी तथा दुखाइमा यी योगासन गर्दा फाइदा

महिनावारीका वेला अत्यधिक रगत बग्ने, कहिले ढिलो त कहिले चाँडो महिनावारी हुने, अत्यधिक पीडा हुने भएमा त्यस्ता महिला तथा किशोरीले गुप्तांगको सरसफाइ गर्नुका साथै प्रशस्त मात्रामा फलफूल, ताजा सागसब्जी, गेडागुडी, क्याल्सियमयुक्त र पौष्टिक तत्त्वले भरिपूर्ण खाना खानुपर्छ । रक्सी, चुरोट, कफी, चिया, कोल्ड ड्रिंक्सबाट टाढा रहँदै सामान्य शारीरिक व्यायाम र योग गर्नुपर्छ ।

महिनावारीको दुखाइ कम गर्न मद्दत पुर्याउनेखालका योगासनहरु भुजंगासन, नौकासन, कन्धरासन, सुप्तवज्रासन, उत्तानपादासन, हनुमानासन आदि हुन् । यिनको नियमित अभ्यास महिनावारी भएको ३ दिनपछिदेखि महिनावारी हुनुभन्दा अघिल्लो दिनसम्म लगातार गर्नुपर्छ । अब ती आसानहरुको अभ्यास कसरी गर्ने भन्नेबारे जानौँ :

कन्धरासन
सीधा सुतेर दुवै घुँडालाई मोडेर नितम्बनजिक ल्याउनुहोस् । अब दुवै हातले खुट्टाको गोलीगाँठोभन्दा माथिको भागलाई पक्रनुहोस् । त्यसपछि श्वास भित्र तान्दै कम्मर र हिपलाई माथि उठाउनुहोस् र काँध, टाउको र पैतालाले मात्र जमिनमा टेकिरहनुहोस् । यो स्थितिमा १५ देखि २० सेकेन्ड आउँदा श्वास छोड्दै बिस्तारै कम्मरलाई भुइँमा झार्नुहोस् । यसरी ५ देखि ६ पटकसम्म अभ्यास गर्नुहोस् ।
फाइदा : पेट तथा कम्मरको दुखाइमा यो आसन उपयोगी छ । बाँझोपन, श्वेतप्रदर, रक्तप्रदर तथा महिनावारी विकृति, पुरुषमा धातुरोग आदिलाई पनि निर्मूल पार्दछ ।

व्रजासन
दुवै खुट्टालाई मोडेर पछाडिको पन्जामा हिपले थिच्नुहोस् । यसो गर्दा गोलीगाँठो तथा कुर्कुच्चा बाहिर निस्किएको र पैताला नितम्बसँग जोडिएको हुनुपर्दछ । अब दुवै खुट्टाको बुढीऔँलालाई आपसमा जोड्दै कम्मर, गर्दन र टाउकोलाई सीधा राख्नुहोस् । घँुडालाई च्याप्प जोडेर दुवै हातलाई घुँडामा तन्काएर राखी दिनहुँ यो अभ्यासलाई २ देखि ३ मिनेटसम्म गर्नुहोस् ।
फाइदा : खाना खाएपछि गर्ने आसन भएकाले अपच, अमलपित्त, ग्यास, किब्जियलगायत पेटेका समस्या हट्छन् । घुँडाको दुखाइलाई ठिक गर्छ । ध्यानात्मक आसन भएकाले मन शान्त हुन्छ ।

सुप्तवज्रासन
वज्रासनमा जसरी हातलाई पछिल्तिर राखी त्यसको सहायताले शरीरलाई पछाडि झुकाउँदै शिरलाई भुइँमा टेकाउनुहोस् र घुँडालाई पनि च्याप्प मिलाएर भुइँमा टेकाउनुहोस् । अब बिस्तारै काँध र ढाडलाई पनि भुइँमा राख्ने प्रयास गर्नुहोस् । त्यसपछि हातका पन्जा फुकाएर तिघ्रामा सीधा गरी राख्नुहोस् । आसनलाई छोड्दा कुहिना र हातको सहारा लिएर व्रजासन ९सुरुको अवस्था० मा बस्नुहोस् ।

फाइदा : पेटेको तल्लो भाग तन्किन्छ र आँत सक्रिय हुन्छ । गानोगोला, मिर्गौला र फोक्सोसम्बन्धी सम्पूर्ण समस्याको हल गर्छ ।

उत्तानपादासन
उत्तानो परेर पूरा शरीर सीधा हुने गरी जमिनमा पिठ्युँ र ढाडको बलले सुत्नुहोस् । दुवै हातलाई जमिनमा फैलाउनुहोस् । खुट्टाको पन्जा सीधा बनाएर जोड्नुहोस् । अब श्वास तान्दै खुट्टालाई बिस्तारै माथि उठाउनुहोस्, केहीबेर सोही स्थितिमा बसिरहनुहोस् । अब श्वास छोड्दै बिस्तारै सुरुको अवस्थामा आउनुहोस् । केहीबेर आराम गरेर यो क्रमलाई ५ देखि १० पटकसम्म जारी राख्नुहोस् । यस्तै, महिनावारीको समस्या समाधानका लागि अन्य आसनहरुको अभ्यास पनि गर्न सकिन्छ ।

फाइदा : यो आसनले आन्द्रालाई सबल बनाउँछ । कब्जियत, ग्यास्ट्रिक, मोटोपन आदिलाई हटाउँछ । नाभी गानो० झर्ने, मुटुरोग, पेटको दुखाइ एवम् श्वाससम्बन्धी रोगमा उपयोगी छ । एक–एक खुट्टाको अभ्यासले कम्मरको दुखाइमा विशेष लाभ दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्