दिपाश्री र बर्षा राउत आज  विराटनगरको सिटी सिनेमा आउने 

दिपाश्री र बर्षा राउत आज  विराटनगरको सिटी सिनेमा आउने 

प्रेम देवान 
विराटनगर कार्तिक १  । छक्का पञ्जा २ की निर्देशक तथा कलाकार दिपाश्री निरौला र नायिका बर्षा राउत आज बिराटनगर आउने भएकाछन् । विराटनगर  घर भएकी निर्देशक दिपाश्री आफ्ना घरेलु दर्शकसँग बसी छक्का पञ्जा २ हेर्नको लागी विराटनगरमा रहेको सिटी सिनेमा हलमा आउने  आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।

अभिनेत्री दिपाश्री निरौलाको चर्चा पछिल्लो समय निकै चर्चाको शिखरमा छिन् ।   गत असोज ११ गतेबाट प्रदर्शनमा आएको दिपाश्री निरौलाको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ अझै पनि मुलुकका मल्टीप्लेक्स सेनेमा हलमा लागीरहेको छ ।
अघिल्लो बर्ष ‘छक्का पन्जा’ निर्माण गर्दै निर्देशनमा हात हालेकी दिपाश्रीले दोहोरो सफलता हासिल गर्न सफल भएकी छिन् । अघिल्लो बर्ष रेकर्डमय चलचित्र बनाउन सफल दिपाश्रीको दोश्रो निर्देशित चलचित्रलाई पनि दर्शकले रुचाए ।
करिव १६ करोडको कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’ ले धेरै रेकर्ड ब्रेक गर्न सफल भएको थियो भने ‘छक्का पन्जा २’ ले पनि १२ करोड माथिको कमाइ गर्न सफल भैसकेको छ । रेडियो, टेलिभिजन हुदै चलचित्रमा होमिएकी दिपाश्रीले सफलताको स्वाद मज्जा संगले नै लिईरहेकी छिन् । ‘छक्का पन्जा २’ को सफलता संगै आगामी बर्षको फूलपातीमा रिलिज गर्ने गरि निर्माण टिमले ‘छक्का पन्जा ३’ को घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्