नवोदितले गर्गश्री युवा सम्मान पाउने

नवोदितले गर्गश्री युवा सम्मान पाउने

विराटनगर २८ जेठ । विश्वभाषा पुस्तकालय धनकुटाले विराटनगरका पत्रकार एवं साहित्कार मीनकुमार नवोदितलाई सम्मान गर्ने भएको छ ।
पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय रहेबापत पुस्तकालयद्वारा सञ्चालित गर्गश्री युवा सम्मानबाट नवोदितलाई विभूषित गर्ने निर्णय भएको पुस्तकालयले जनाएको छ ।
विश्वभाषा पुस्तकालय सञ्चालक समितिको बैठकले नवोदितलाई सम्मान गर्ने निर्णय गरेको हो । विराटनगरमा रहेर डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय नवोदितका चारवटा कृति प्रकाशित छन् । नवोदित कारोबार दैनिकको पूर्वाञ्चल संयोजक, मकालु टेलिभिजनको सहसम्पादक र न्यू सृष्टि दैनिकको सम्पादकका रुपमा कार्यरत छन् ।
पुस्तकालयले हरेक वर्ष पत्रकारिता, साहित्य, संस्कृति, संगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्