कलाकार सन्तोस सरकार विराटनगरकाे मेयरमा उठ्दै

कलाकार सन्तोस सरकार विराटनगरकाे मेयरमा उठ्दै

प्रेम देवान / विराटनगर २८ जेठ । करिव आदा दर्जन जति फिल्मको निर्देशन गरिसकेका कलाकार सन्तोस सरकार विराटनगर महानगरपालीकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।
उनले फिल्मको निर्देशन मात्र मात्र हैन आफू स्वयम फिम्ममा अभिनय पनि गर्छन् । उनले ईज्जत,खतरा, हमार दोस्त , सहवर साजन के लागयत आदा दर्जन फिल्म तथा एक दर्जन भन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । नेपाल कम्यूनिष्ट पार्टि (क्रान्तिकारी माओवादी)सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (वैद पक्ष समुह ) आवद्ध सरकारले २० वर्ष पछिको एेतिहासिक स्थानिय निकायको चुनावमा आफ्नो उम्मेदवारी दिएका हुन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नगर कमिटि विराटनगरले आईतबार पत्रकार सम्मेलन गरी मेयर तथा केही वडाका उम्मेदवारीहरुको नाम सार्वजनिक गरेको छ । मोर्चाले विराटनगर महानगरपालीकोको मेयरका लागी सन्तोस सरकारलाई उठाएको छ भने उप मेयरको बाँकी नै रहेको जनाएको छ । मोर्चाले केही दिनमा पार्टिमा छलफल गरी उनीहरुको नाम पनि सार्वजानिक गर्ने जनाएको छ ।
यसैविच पार्टिले वडा नम्बर ४,५ र ६को वडा अध्यक्षको नाम पनि सार्वजिक गरेको छ । वडा ४ मा राम विन,५ मा महम्मद वेचन, र ६ मा संजय शाहको नाम सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्