नेपालले आज ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा

नेपालले आज ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र घरेलु टोलिबिचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ ।

घरेलु मैदानमा भएको होम खेलमा पराजित नेपाल अवे खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ । नेपालका कप्तान विराज महर्जनले ताजकिस्तान नेपालकै स्तरको टिम भएको भन्दै कारण खेल सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको बताउछन् ।  कप्तान बिराटले भने, “हामीले घरमा पराजित भयौं । त्यसैले हामीलाई गाह्रो त भएको छ ।

तर,हामी अवे खेलमा त्यो गल्तीलाई दोहार्याउन चाहँदैनौं । हामी जितको लागि खेल्ने छौं । यसअघिको कमजोरीहरु सुधार भइसकेको छ ।”

एन्फा कम्प्लेक्समा गत भदौ २० गते भएको होम खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजित हुँदै तालिकामा पुछारमा छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ३ खेलबाट १ खेलमा जित र २ खेलमा हारसहित ३ अंक रहेको छ ।

यो समूहको शीर्ष स्थानमा फिलिपिन्स रहेको छ । फिलिपिन्सको ३ खेलबाट २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा यमन रहेको छ । यमनको ३ खेलबाट एक खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक छ ।

नेपालले अब फिलिपिन्ससँग होम खेल खेल्न बाँकी छ भने यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउने छन् ।

नेपाली टोली शनिबार नै ताजकिस्तान पुगिसकेको छ । नेपाली टोलीमा कप्तान विराज महर्जनसंगै किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल, सुनिल बल रहेका छन् ।

त्यस्तै, विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास, अन्जन विष्ट, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्