भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण

भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण

सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो । भूकम्प पीडितहरुका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धी प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्