नेपाल र हङकङबीचको दोस्रो रद्द. नेपाल डिभिजन २ मा घटुवा

नेपाल र हङकङबीचको दोस्रो रद्द. नेपाल डिभिजन २ मा घटुवा

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो रद्द भएको छ । हङकङमा सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछिको लगातार वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल रद्द भएको हो ।

आइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल स्थगित भएको हो ।  नेपाल र हङकङबीचको दोस्रो खेल आइतबार नै तय भएपनि सामुद्रिक आँधी (टाईफुन ८ ) को कारण सोमबार (रिजर्भ डे) सारिएको थियो ।

मङककमा तय भएको खेल रद्द भएसँगै दुई टोलीले एक एक अंक बाडेका छन् ।  अंक बाँडेसँगै नेपालको च्याम्पियनसिपबाट  विश्वकप छनोट खेल्ने सम्भावना सकिएको छ । र, नेपाल डिभिजन २ मा समेत घटुवा भएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो  । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो ।

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई दोस्रो  खेल जित्नै पर्ने र युएईसँगको दुई खेल जित्नैपर्ने दबाब थियो ।  विश्वकप छनोटमा पुग्न च्याम्पियनसिपको शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।  यस्तोमा छनोटको अन्तिम ४ मा स्थान बनाउन अबको दुई खेलको जितले पुग्दैन ।  च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।

अब नेपालले डिभिजन २ बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउने छ  ।  डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ ।

च्याम्पियनसिपको शिर्ष ४ मा नपर्ने टोली डिभिजन २ मा घटुवा हुनेछ । डिभिजन २ सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १२ खेलबाट ९ अंक रहेको छ । हङकङको भने १२  खेलबाट १४ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र पाँचौ स्थानमा केन्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्