नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

इलाम, असोज ३०, इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए।

नुहाउन गएका दुवैजना अबेर सम्म नफर्किएपछी खोजी गर्ने क्रममा १५ फिट गहिरो दहमा पासाङ शेर्पा डुबी मृत अवस्थामा भेटिएको र सार्की शेर्पा भने बेपपत्ता रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। बेपत्ता सार्कीको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्