मत बदर हुनबाट जोगाउनका लागि खोटाङमा नमुना मतदान गरियो

मत बदर हुनबाट जोगाउनका लागि खोटाङमा नमुना मतदान गरियो

खोटाङ, कात्तिक २९ – जिल्ला निर्वाचन कार्यालय खोटाङले नमुना मतदान गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाका विषयमा स्पष्ट बनाउँदै मत बदर हुनबाट जोगाउनका लागि बुधबार दित्तेलको हाटडाँडामा नमुना मतदान गरिएको हो ।

मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा देखिएको अलमल हटाउनका लागि नमुना मतदान गरेको हो ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा आफूले दिएको भोट बदर हुन नदिनका लागि मतदाताले नमुना मतदानमा अभ्यास गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

नमुना मतदानका क्रममा स्थानीय बासिन्दालाई स्वस्तिक चिन्ह छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधि लगायतका विषयमा जानकारी गराइएको छ । नमुना मतदानमा कार्यक्रममा ६० भन्दा बढीको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्