उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको सुरक्षा निकायलाई निर्देशन

उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको सुरक्षा निकायलाई निर्देशन

कैलाली, कात्तिक २९ – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।

केही समय यता उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभएको हो ।उम्मेदवारमाथि भएको आक्रमण चुनाव विरोधीको कायरता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्